birat ribon

चन्द्रागिरी नगरपालिका एक सातालाई सिल

Neuro
चन्द्रागिरी नगरपालिका एक सातालाई सिल

काठमाडौँ / उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एक साता अवधिका लागि नगरपालिका सिल गरेको छ ।

आज जेठ १ गतेदेखि लागू हुने गरी सात गतेसम्म बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुल गर्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।

cura insider

नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण व्यवसायसम्बन्धी पसल, नगरपालिाका वडा कार्यलय, नगरबाट सञ्चालित योजना, सरकारी, गैरसरकारी, बैङ्क तथा बित्तीय संस्थाहरू निजी सम्पूर्ण कार्यालयका सेवा पूर्वरुपमा बन्द गरी नगरपालिकालाई नै सिल गरेको हो ।

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्न दिइएको छ । त्यसैगरी पशुपक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधि उद्योगलगायत फोहरमैला बोक्ने सवारीसाधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने भएको छ ।

यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुङ्गामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारीसाधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारीसाधनबाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ ।

नगरपालिकाले वैशाख २९ गते नै सार्वजनिक सूचना जारी गरेकाले सीमाबाट फर्काउनुपर्ने सवारीसाधन धेरै नभएको सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । शनिबार आज नागढुङ्गा नाका पनि सुनसानप्रायः देखिएको छ । एम्बुलेन्स, अत्यावश्यक सवारीसाधन मात्रै सञ्चालन भएका छन् । सर्वसाधरण पनि घर बाहिर निस्कन नपाएपछि नगरपालिका सुनसान बनेको छ । राजमार्गमा पनि अन्य दिनमा जस्तो पास लिएर हिँड्ने सर्वसाधरण देखिएका छैनन् ।

नगरपालिकाले अन्य व्यवस्थाका सम्बन्धमा भने वैशाख २८ गते काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशबमोजिम गर्न गराउन मातहतलाई निर्देशन जारी गरेको छ ।

नगरपालिकाकाले भेरोसिल खोपको दोश्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध नगर्ने भएको छ । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको देखाएर तोकिएको खोपकेन्द्रसम्म आवतजावत गर्न दिइने छ ।

jackson ribon