birat ribon

चीनले घरेलु फोहोर पुनः प्रयोगमा ल्याउने

Neuro
चीनले घरेलु फोहोर पुनः प्रयोगमा ल्याउने

विराटनगर / सन् २०२५ सम्ममा घरेलु फोहोरको ६० प्रतिशत पुनः प्रयोगमा ल्याउने चीनले लक्ष्य राखेको छ ।

चीनको प्रमुख आयोजना समितिले जनाएअनुसार फोहोर व्यवस्थापन क्षमतामा सुधार ल्याउन उक्त परियोजना बनाइएको हो । यसअघि चीनले सन् २०१६–२०२० का लागि राखेको लक्ष्य पूरा गर्न असफल भएको थियो । राष्ट्रिय विकास तथा सुधार समिति (एनडिआरसी) ले गत वर्ष शहरी फोहर व्यवस्थापन गर्ने क्षमता १२ लाख ७० हजार टन पुगेको बताएको छ ।

cura insider

जुन २०१५ को तुलनामा ६३ प्रतिशतले वृद्धि भएको हो । तर, केही स्थानमा फोहोरको बढ्दो मात्रालाई व्यवस्थापन गर्न सङ्घर्ष गरिरहेका छन् । पछिल्लो समय फोहोरको बढ्दो मात्रालाई व्यवस्थित गर्न चीनका लागि ठूलो चुनौती बनिरहेको छ । शहरी जनसङ्ख्यामा लगातार वृद्धि भइरहेको र उपभोग्य वस्तुको प्रयोग बढ्दा फोहोर बढिरहेको छ ।

चीनका आधाभन्दा धेरै शहरमा फोहोर व्यवस्थापन गर्ने प्लान्ट निर्माण गरिएको छैन । जसकारण विशेषगरी पश्चिम र केन्द्रीय क्षेत्रमा हानिकारक फोहोर व्यवस्थापनको लक्ष्य पूरा गर्न असफल भइरहेको एनडिआरसीले जनाएको छ । शहरी फोहोरको ६० प्रतिशत पुनः प्रयोगमा ल्याउने साथसाथै चीनले फोहोरलाई जलाउने काम ६५ प्रतिशत बढाउनेछ, जुन गत वर्षको भन्दा ४५ प्रतिशतले बढी हो ।

चीनले फोहोर व्यवस्थापन गर्न विभिन्न नियम बनाइरहेको छ । एकपटक प्रयोग गर्ने प्लास्टिक र रिसाइकल नहुने प्याकेजिङ फोहोरका साथै चीनले विदेशी फोहोरको आयातमा पनि प्रतिबन्ध लगाएको छ ।

jackson ribon