birat ribon

पूर्ण रूपमा खोप लगाएकामा पनि सङ्क्रमण देखिँदै

Neuro
पूर्ण रूपमा खोप लगाएकामा पनि सङ्क्रमण देखिँदै

विराटनगर / भारतमा पूर्ण रूपमा खोप लगाएको दुईदेखि तीन हप्तापछि पनि सङ्क्रमण हुने मानिसहरूको सङ्ख्या बढिरहेको छ ।

खोपले कोरोना भाइरसको सङ्क्रमणबाट रोक्न नसके पनि भाइरसका खतरनाक प्रकारबाट हुने गम्भीर समस्या र मृत्युबाट जोगाउन सक्ने ठानिएको छ । अधिकारीहरूले खोप लगाएका प्रत्येक दस हजारमध्ये दुईदेखि चार हजार जनामा फेरि सङ्क्रमण देखिएको बताएका छन् । खोप लगाएपछि पनि सङ्क्रमण देखा परेकाले मानिसहरूमा धेरै शङ्का उत्पन्न भइरहेको छ ।

cura insider

दिल्लीको सबैभन्दा ठूलो कोभिड–१९ अस्पतालका पूर्ण रूपमा खोप लगाएका ६० प्रतिशत चिकित्सक पुनः सङ्क्रमित भए पनि कसैलाई अस्पताल भर्ना गर्नु परेको छैन । त्यस्तै, दिल्लीकै अर्को अस्पतालमा खोप लगाएका एक सय १३ जनामध्ये १५ जनामा सङ्क्रमण देखिएको थियो भने सङ्क्रमितमध्ये एक जनालाई मात्र अस्पताल भर्ना गर्नु परेको जनाइएको छ ।

वितरण भइरहेका खोपका फरकफरक प्रभावकारिता भए पनि खोपले मानिसहरूलाई गम्भीर प्रकारको रोग र अस्पताल जानुपर्ने अवस्थाबाट जोगाइरहेको वैज्ञानिकहरू बताउँछन् । ठूलो सङ्ख्यामा फेरि सङ्क्रमण भएको देखिरहे पनि अधिकांश सङ्क्रमण मध्यमखालका छन् । मधुमेहसम्बन्धी विज्ञ तथा शोधका सहलेखक डा. अनुप मिश्राका अनुसार खोपले गम्भीरखालको सङ्क्रमणलाई रोकिरहेको छ ।

खोपको पूर्ण मात्रा लगाएकालाई पनि सङ्क्रमण हुनसक्ने हुन्छ । उनीहरूलाई सङ्क्रमण नभए पनि उनीहरूले अरूलाई सार्न सक्ने भएकाले, सुरक्षा मापदण्डलाई बेवास्ता वा लापरबाही गर्नु हुँदैन । मास्क लगाउने, भिडभाड हुने सामाजिक कार्यक्रममा नजाने, कम हावा चल्ने ठाउँमा नबस्ने जस्ता मापदण्डलाई लामो समयसम्म पालना गरिरहनुपर्ने हुन्छ ।

२६ एप्रिलसम्मको तथ्याङ्कअनुसार अमेरिकामा खोप लगाइसकेका नौ करोडभन्दा बढी मानिसमध्ये नौ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको बताइन्छ । तीमध्ये नौ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपरेको र एक प्रतिशतको मृत्यु भएको थियो । ती एक प्रतिशत मानिसको पनि सङ्क्रमणका कारणले नै ज्यान गएको भन्ने स्पष्ट छैन ।

jackson ribon