birat ribon

प्रतिगामी शक्तिविरुद्ध एक हुन प्रचण्डकाे आह्वान

Neuro
प्रतिगामी शक्तिविरुद्ध एक हुन प्रचण्डकाे आह्वान

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधी प्रतिगामी शक्तिविरुद्ध एक हुन आह्वान गरेका छन् ।

cura insider

दाहालले मुस्लिम धर्मवालम्बीहरूकाे महान् चाड ईद उल फित्रको अवसरमा शुभकामना दिँद यस्ताे आह्वान गरेका हुन् ।

शुभकामना वक्तव्यमा प्रचण्डले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको छ। अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको छ।’

दाहालले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको बताएका छन् ।

त्यस्तै उनले विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

jackson ribon