birat ribon

कोरोना महामारी नियन्त्रण बाहिर पुग्ने चरणमा : मन्त्री राई

Neuro
कोरोना महामारी नियन्त्रण बाहिर पुग्ने चरणमा : मन्त्री राई

विराटनगर / प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोरोना भाइरस सङ्क्रमणको महमारी नियन्त्रण बाहिर पुग्ने चरणमा रहेको बताएकी छन् ।

महामारीको रुपमा संसारलाई त्रसित बनाइरहेको कोरोना नियन्त्रण गर्न शक्तिशाली देशहरुलाई मुस्किल भइरहेको समयमा झन् ठूलो जोखिममा रहेको नेपालमा भने नियन्त्रणको प्रसाय भइरहेको उनको भनाइ छ ।

cura insider

मानव अधिकारका लागि स्रोत विकास मञ्च (रिडेफ नेपाल) विराटनगर र मानव अधिकार मञ्च नेपाल (इलाम)को आयोजनामा कोरोना महामारी व्यवस्थापन र कालोबजारी नियन्त्रण विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री राईले प्रदेश १ मा सङ्क्रमितलाई बेड व्यवस्थापन र अक्सिजन उपलब्ध गराउने सवालमा सरकार जिम्मेवार रहेको बताइन् ।

प्रदेश १ मा सातवटा अस्पतालहरुमा कोभिडको उपचार भइरहेको बताउँदै मन्त्री राईले ती अस्पतालहरुमा क्षमता विस्तार गराएर उपचारलाई थप प्रभावकारी बनाउने जानकारी दिइन् । प्रदेश १ मा सङ्क्रमितको उपचारका लागि तीन हजार बढी बेड तयार गर्न सरकार लागि परेको उनको भनाइ छ ।

समाजलाई सतर्क बनाउन र आम मानिसलाई सचेत बनाउन सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले एक भएर सचेतनाको कार्यक्रमहरु चलाउन आवश्यक रहेको उनको भनाइ थियो ।

कोरोना प्रकोपले पछिल्लो समय पारेको प्रभाव, सङ्क्रमितको उपचार व्यवस्थापन र कालोबजारी नियन्त्रणमा हालसम्मको प्रयास र आगामी योजनाहरुको सवालमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो । मन्त्री राईले कालोबजारी गर्नेलाई प्रदेश सरकारले कडा कारबाही गर्ने बताइन् ।

कोरोनालाई जित्न सबै एक भएर लड्न उनले आह्वान गरिन् । मन्त्री राईले एउटा मात्र निकायले समस्या समाधान गर्न नसक्ने बताउँदै राष्ट्रिय रुपमा सबै एक हुन आवश्यक रहेको बताएकी छन् ।

कोरोना महामारीमा उपभोग्य वस्तुदेखि लिएर औषधिमा कालोबजारी, अक्सिजन अभाव लगायतका समस्याहरु देखिएको स्वीकार गर्दै उनले प्रदेश १ सरकार संवेदनशिल बनेर अनुगमनमा निस्किएको बताइन् ।

कार्यक्रममा बोल्दै आयोजक संस्था रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले सङ्क्रमितले अस्पतालमा भर्ना पाउन कठिन रहेको बताउँदै त्यसमा राज्य पक्ष जिम्मेवार हुन आवश्यकता रहेकोमा जोड दिएका छन् ।

जिल्ला अस्पतालहरुलाई कोभिड अस्पताल बनाएर न्यूनतम आधारभूत स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । प्रदेश १ मा ग्याँस र सिलिण्डर उत्पादन गर्ने उद्योगहरुको नियमित अनुगमन र नियमन गर्न तथा कालोबजारी नियन्त्रण गर्न सरकार जिम्मेवार हुनुपर्ने बताउँदै अध्यक्ष विश्वकर्माले विपन्न परिवारलाई लक्षित गरेर सरकारले राहत प्याकेज ल्याउन आवश्यक रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, गैसस महासङ्घ प्रदेश इन्चार्ज महेश्वरी राई, बार एशोसिएसनका केन्द्रीय उपाध्ययक्ष मानबहादुर रुम्दाली, मानव अधिकार आयोग प्रदेश निर्देशक नितु गड्तौला, मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष, विदुर सुवेदी, अधिकारकर्मी नितु पोखरेल, गीता अधिकारी, प्रेम ओझा, सरस्वती दनुवार लगायतले कोभिड नियन्त्रणमा सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा बोलेका थिए ।

jackson ribon