birat ribon

व्यक्तिको नाममा रहेको सरकारी जग्गा फिर्ता

Neuro
व्यक्तिको नाममा रहेको सरकारी जग्गा फिर्ता

विराटनगर / लामो समयको मिहिनेतपछि व्यक्तिको नाममा पारिएको सात रोपनी सात आना जग्गा फिर्ता ल्याउन सरकार सफल भएको छ ।

काठमाडौंको अनामनगरस्थित धोबीखोलासँगैको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले १२ वर्षपछि फिर्ता ल्याएको हो । उक्त जग्गा हरिप्रसाद गिरी, टेकबहादुर पौडेल, कुलबहादुर निरौला, मोहन महर्जनलगायतले हडपेका थिए ।

cura insider

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा रहेको पाइएपछि २०६५ मङ्सिर ९ गते सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो ।

जग्गा हडप्नेहरुले अख्तियारले गरेको निर्णय खारेजीको माग गर्दै २०६६ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चले जग्गा हडप्नेको रिट खारेज गर्दै ‘व्यक्तिले हडपेको जग्गा सरकारको नाममा ल्याउन’ आदेश जारी गरेपछि मालपोत कार्यालय डिल्लीबजारले कानुनी आधार प्रयोग गर्दै सो जग्गा सरकारको नाममा फिर्ता ल्याएको हो ।

jackson ribon