birat ribon

ललितपुरलाई हराउँदै काठमाडौँ एनएसएल फुटबलको फाइनलमा

Neuro
ललितपुरलाई हराउँदै काठमाडौँ एनएसएल फुटबलको फाइनलमा

काठमाडौँ / काठमाडौँ रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौँ फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँलाई जिताउन मौसिके ओलोमोउले दुई र स्टेफिन विनोङले एक गोल गरे ।

cura insider

खेलको खेलको १५औँ मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौँलाई सुरुआती अग्रता दिलाए । खेलको २२औँ मिनेटमा मेसौकेले दोस्रो गोल गर्दै काठमाडौँको अग्रता दोब्बर बनाए ।

६०औँ मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौँलाई ३–० गोलको जित दिलाए ।

अब उपाधिका लागि काठमाडौँले शनिबार धनगढी एफसीसँग खेल्नेछ । प्लेअफमा काठमाडौँ धनगढीसँगै पराजित भएको थियो । यस प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

jackson ribon