birat ribon

सञ्चार मन्त्रालयले भन्यो : ‘राधे’लाई सेन्सरबिना नेपालमा रिलिज गरे कारवाही हुन्छ

Neuro
सञ्चार मन्त्रालयले भन्यो : ‘राधे’लाई सेन्सरबिना नेपालमा रिलिज गरे कारवाही हुन्छ

विराटनगर / बलिउड फिल्म ‘राधे’ आज (बिहिबार) एकसाथ भारतसँगै अन्य ४० भन्दा बढी देशमा रिलिज भएको छ । कोरोना महामारीका कारण फिल्म सिनेमा हलभन्दा बढी डिजिटल प्लेटफर्म (ओटिटी ) मा रिलिज भएको हो ।

केही दिनअगाडि फिल्म नेपालको डिजिटल प्लेटफर्ममा पनि रिलिज हुने खबर सार्वजनिक भएको थियो । ‘पे फर भ्यू’ मार्फत् डिसहोम, नेट टिभी, सुविसु, म्याक्स टिभीलगायतका च्यानलमा ‘राधे’ रिलिज हुन लागेको थियो । तर नेपालको सञ्चार मन्त्रालयले फिल्मलाई नेपालमा सेन्सर गरेर मात्र रिलिज गर्न निर्देशन दिएको छ ।

cura insider

भारतमा फिल्म ‘राधे’ ले सेन्सरबाट क्लिन पास पाएको थियो । तर अभिनेता सलमान खानले फिल्मलाई परिवारसँग बसेर हेर्न मिल्ने गरी बनाएको भन्दै फिल्मको २४ वटा दृश्य आफैँले हटाएका थिए । यता नेपालमा भने सेन्सरबिना नेपालका केबल टिभी र ओटीटीमा फिल्म रिलिज हुन लागेको खबर सार्वजनिक भएपछि मन्त्रालयले फिल्ममा रोक लगाएको छ ।

फिल्मको नेपाल प्रदर्शन अधिकार गोपिकृष्ण मूभिजअन्तर्गतको ए–एठ कम्पनीले खरिद गरेको हो । नेपालका सिनेमा हलमा फिल्म प्रदर्शन गर्न अनिवार्य रूपमा सेन्सर गर्नुपर्ने हुन्छ । तर डिजिटल प्लेटफर्म सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुने भएकाले यसको नियमन पनि मन्त्रालयले नै गर्छ ।

सेन्सर नगरी फिल्म रिलिज गरे कानुनी कारवाही गरिने मन्त्रालयले जनाएको छ । चलचित्र विकास बोर्डले आगामी आर्थिक ऐनमा ओटीटी प्लेटफर्मलाई पनि फिल्म सेन्सर र करको दायरामा ल्याउन अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । हिन्दी फिल्मबाट बोर्डले १५ प्रतिशत विकास शुल्क उठाउँदै आएको भए पनि ओटीटीमा रिलिज हुने हिन्दी फिल्मबाट यो रकम उठ्न सकेको छैन ।

भारतको ओटिटीमा फिल्म रिलिज हुनसाथ धेरै दर्शकले एकसाथ लग इन गरेका कारण ओटिटिको सर्भर नै डाउन भएको थियो ।

jackson ribon