birat ribon

वैकल्पिक सरकारको दाबी गर्न बहुमत पुगेन, पुन: ओली नै प्रधानमन्त्री !

Neuro
वैकल्पिक सरकारको दाबी गर्न बहुमत पुगेन, पुन: ओली नै प्रधानमन्त्री !
  • विराटनगर

नेपाली काङ्ग्रेसले वैकल्पिक सरकारको नेतृत्वका लागि दाबी नगर्ने भएको छ । प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि काङ्ग्रेस पछि हटेको हो । काङ्ग्रेस पछि हटेसँगै केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

काङ्ग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले जसपाको महन्थ ठाकुर समूह नमानेका कारण राष्ट्रपति समक्ष दावी पेस नगर्ने बताएका थिए ।

cura insider

बैठकपछि पत्रकारसँग कुरा गर्दै काङ्ग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले काङ्ग्रेसले सरकारमा दाबी नगर्ने र वैकल्पिक सरकारको सम्भावना लगभग नरहेकाे जानकारी दिए ।

तर केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने उनले बताए ।

एमालेभित्रको विवाद सामधान भएको र जसपाको एउटा समूहको समर्थनमा प्रधानमन्त्रीले बहुमतकै सरकारमा दाबी गर्ने सम्भावना रहेको बताउँदै उनले त्यसो गर्नु संविधानकाे मर्मविपरीत हुने बताए ।

jackson ribon