birat ribon

एमाले विवादमा नयाँ माेड : विवाद समाधान गर्न कार्यदल बनाइने, खनाल-नेपाल समूहकाे राजीनामा टर्‍याे

Neuro
एमाले विवादमा नयाँ माेड : विवाद समाधान गर्न कार्यदल बनाइने, खनाल-नेपाल समूहकाे राजीनामा टर्‍याे
  • काठमाडाैँ

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट भएर सांसदबाटै सामूहिक राजिनामा दिने चेतावनी दिइरहेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह ब्याक भएकाे छ ।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएकाे भेटवार्तापछि सामूहिक राजीनामाबाट खनाल-नेपाल समूह ब्याक हटेकाे हाे ।

cura insider

बिहीबार दिउँसो तीन घन्टा भएकाे वार्ता सकारात्मक भएपछि नेपाल समूहको राजीनामा तत्काललाई टरेको हो । वार्ता क्रममा सहमतिको बिन्दु खोज्न कार्यदल गठन गर्ने सहमति भएको नेता नेपालले जानकारी दिए ।

छलफलमा आफूले राखेकाे ६ बुँदे प्रस्तावबाट पछि नहट्ने अडान लिएकाे र साे शर्तमा ओली सकारात्मक भएको नेता नेपालले दाबी गरेका छन् ।

अब सहमतिअनुसार भए पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्कने छ । छलफलका क्रममा ओलीले भने जेठ २ भन्दा धेरै परिस्थिति फेरिइसकेकाले अब नयाँ समझदारी निर्माण गरेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

ओलीसँगकाे वार्तापछि बाहिरिने क्रममा नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको प्रतिक्रिया दिए । ‘राजीनामा दुई/चार दिनलाई टर्‍यो, कार्यदल बन्छ,’ उनले भने ।

आजै बिहान बसेको ओली समूहकाे स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाललगायत भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएकाे निलम्बन फुकुवा गरेको थियो ।

jackson ribon