birat ribon

मानसिक तनावबाट मुक्तिको उपाय : सकारात्मक सोच, सेल्फ–आइसोलेट

Neuro
मानसिक तनावबाट मुक्तिको उपाय : सकारात्मक सोच, सेल्फ–आइसोलेट
डा. हेमसागर रिमाल

नेपालमा कोभिड–१९ का सङ्क्रमितमध्ये बालबालिकामा पनि सङ्क्रमणको दर बढ्दै गइरहेको छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर भित्रिएसँगै अन्य उमेर समूहका मानिसमात्र नभई बालबालिकामा पनि कोभिडको जोखिम बढिरहेको छ । पछिल्लो समय परिवारका सदस्यमा सङ्क्रमण देखिँदा बच्चामा पनि सङ्क्रमण देखिने सम्भावना बढेको छ । यस्तोमा बालबालिकालाई भाइरसको सङ्क्रमणबाट जोगाउनका लागि अभिभावक तथा परिवारका सदस्यको मुख्य भूमिका हुने गर्छ ।

cura insider

दैनिकजसो बालबालिकामा सङ्क्रमण भएको भन्दै फोन आइरहेका छन् । प्रायः अभिभावकहरूले आफूमात्र वा बच्चामात्र सङ्क्रमित भएको, आफूमात्र नभई बच्चाहरू पनि सङ्क्रमित भएको वा परिवारका अन्य सदस्य सङ्क्रमित हुँदा अब के गर्ने, बच्चाको उपचार तथा बच्चालाई कसरी जोगाउन सकिन्छ भनेर दैनिक प्रशस्त फोन गर्ने गरिरहेका छन् । सोहीअनुसार उनीहरूलाई दिनुपर्ने आवश्यक सल्लाहहरू पनि दिइरहेका छौँ ।

अभिभावक वा परिवारका अन्य सदस्यमा कोभिडको सङ्क्रमण भएमा लापरबाही गरेको खण्डमा बच्चामा पनि सङ्क्रमण देखिने सम्भावना उच्च हुन्छ । बच्चाहरू धेरैजसो परिवारका सदस्यसँग नजिक रहन्छन् । दूध खुवाउन, खाना खुवाउन, सँगै सुत्नेदेखि धेरैजसो समय आमाबुबा वा परिवारका अन्य सदस्यसँगै बिताइरहेका हुन्छन् ।

अभिभावक वा परिवारका अन्य सदस्यमा कोभिडको सङ्क्रमण भएमा लापरबाही गरेको खण्डमा बच्चामा पनि सङ्क्रमण देखिने सम्भावना उच्च हुन्छ ।

यस्तो बेलामा अभिभावक वा परिवारका अन्य सदस्यले सङ्क्रमण रोकथाममा उपाय नअपनाएको खण्डमा बच्चामा सङ्क्रमण छिट्टै फैलिन सक्छ । सावधानीका उपाय नअपनाएको पनि पाइन्छ ।

घरमा कोही सङ्क्रमित भएमा घरका सबैलाई लाग्ने नै हो, बच्चालाई पनि सङ्क्रमण हुने नै हो भन्ने सोचेर लापरबाही गर्ने होइन बच्चा र परिवारका अन्य सदस्यलाई सङ्क्रमित हुनबाट जोगाउन सङ्क्रमित व्यक्तिले आइसोलेट हुनु आवश्यक छ ।

बच्चालाई सङ्क्रमणबाट बचाउन सङ्क्रमित अभिभावकहरू आइसोलेट हुनुपर्छ । सङ्क्रमित भएका सदस्य आइसोलेट भएर, भौतिक दुरीसहित सावधानीका सबै उपायलाई राम्रोसँग अपनाएमा बच्चालाई सङ्क्रमणबाट जोगाउन सकिन्छ । घरका अन्य सङ्क्रमित नभएका सदस्यले बच्चाको हेरचाह गर्न सक्छन् ।

अभिभावक वा परिवारका अन्य सदस्य सङ्क्रमित भए कम्तीमा दुईवटा सर्जिकल मास्क लगाउने, सकिन्छ भने फेस–सिल्ड लगाउने गर्नुपर्छ । बच्चालाई खाना खुवाउँदा वा स्तनपान गराउनु परे पनि मास्क, फेस–सिल्ड लगाउनुका साथै पन्जा लगाएर खाना खुवाए सङ्क्रमणबाट जोगाउन सकिन्छ । बच्चासँग सुत्नु परे अर्को साइड फर्केर सुत्ने वा सँग बस्नु परे भौतिक दुरी अपनाउन सकिन्छ ।

मास्क लगाउन सक्ने उमेरका बच्चा छन् भने उनीहरूलाई पनि मास्क लगाइदिने गर्नुपर्छ । सङ्क्रमित अभिभावक वा परिवारका सदस्यले पन्जा लगाउने, साबुनपानीले हात धुने, सेनिटाइज गर्ने गरिरहनुपर्छ । सङ्क्रमित सदस्यले मात्र नभई सङ्क्रमण नभएका अन्य सदस्यले पनि दुरी कायम गरी मास्क तथा फेस शिल्ड लगाउने, हात धुनेलगायतका सावधानीमा सबै उपाय अपनाउनु पर्छ ।

रोकथामका उपाय अपनाइएमा बाबुआमालाई वा परिवारका अन्य सबै सदस्यलाई सङ्क्रमण भए पनि बच्चालाई सङ्क्रमण हुनबाट जोगाउन सकिन्छ । योसँगै बच्चालाई पोषिलो खाना खुवाउने, झोलिलो पदार्थहरू प्रशस्त खुवाउने कुरामा जोड दिनुपर्छ । ज्वरो आएको खण्डमा प्यारासिटामोल दिन सकिन्छ ।

खान मन नलाग्ने, वाकवाकी हुने, वान्ता हुने, झाडापखाला हुने, शरीरमा डाबरहरू आउने, शरीर दुख्ने, खेल्न मन नलाग्नेलगायत लक्षण देखिएमा सङ्क्रमण भएको हुनसक्छ । बच्चाले आफूलाई टाउको दुखेको वा शरीर दुखेको व्यक्त गर्न नसक्ने हुँदा चिडचिड हुने हुन्छ । यस्ता लक्षण देखिएमा वा सङ्क्रमण भएको शङ्का लागेमा बच्चाको पिसिआर टेस्ट गर्न जरुरी हुन्छ ।

लक्षण देखिए पिसिआर जाँच गराउने

सङ्क्रमित बालबालिका र बढी उमेर भएकाहरू कोरोना भाइरसबाट सङ्क्रमित भए देखिने लक्षण लगभग उस्तै नै हुन्छन् । बच्चालाई ज्वरो आएमा, रुघाखोकी लागेमा कोभिडको सङ्क्रमण भएको शङ्का गर्न सकिन्छ । तर कहिलेकाहीँ ज्वरो र रुघाखोकी नभए पनि सङ्क्रमण भएको हुनसक्ने हुँदा अन्य लक्षणलाई पनि ध्यान दिन जरुरी हुन्छ ।

खान मन नलाग्ने, वाकवाकी हुने, वान्ता हुने, झाडापखाला हुने, शरीरमा डाबरहरू आउने, शरीर दुख्ने, खेल्न मन नलाग्नेलगायतका लक्षण देखिएमा सङ्क्रमण भएको हुनसक्छ । बच्चाले आफूलाई टाउको दुखेको वा शरीर दुखेको व्यक्त गर्न नसक्ने हुँदा चिडचिड हुने हुन्छ । यस्ता लक्षण देखिएमा वा सङ्क्रमण भएको शङ्का लागेमा बच्चाको पिसिआर टेस्ट गर्न जरुरी हुन्छ ।

अधिकतर अभिभावकले बच्चालाई पिसिआर टेस्ट गर्दा गाह्रो हुने, दुख्छ होला भन्ने सोचेर बच्चाको पिसिआर टेस्ट गरिरहेको हुँदैनन् वा गराउन मानिरहेका हुँदैनन् । तर बच्चामा सङ्क्रमण भएको छ वा छैन भनेर पुष्टि गर्नका लागि पिसिआर टेस्ट गराउनै पर्ने हुन्छ । बच्चालाई पिसिआर टेस्ट गर्दा कुनै गाह्रो हुँदैन साथै दक्ष मानिसले नै बच्चाको स्वाव सङ्कलन गर्ने हुँदा डराउनु पर्दैन ।

अस्पताल भर्ना हुनुपर्ने अवस्था

सङ्क्रमण पुष्टि भइसकेको बच्चामा ज्वरो नघटेको अवस्थामा वा अन्य देखिएका लक्षण कम हुनुको साटो बढ्दै गएमा, श्वासप्रश्वासको समस्या देखिएमा, बच्चाले छिटोछिटो सास फेर्न थालेमा, घ्यारघ्यार गर्न थालेमा, पल्स अक्सिमिटरबाट नाप्दा बच्चाको अक्सिजनको स्तर ९४ भन्दा कम हुन थालेमा तुरुन्त होम आइसोलेसनमा बसेका व्यक्ति डाक्टरको सम्पर्कमा आउनुपर्ने हुन्छ । वा बच्चालाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

बच्चाको अक्सिजनको स्तर ९२ प्रतिशतभन्दा कम भएका अक्सिजनसमेत लगाउनु पर्ने हुनसक्छ । र, यसको व्यवस्थापन घरमा गर्न सकिँदैन । यस्तो बेलामा डाक्टरको सल्लाह लिएर बच्चालाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ ।

मास्क, फेस–सिल्डलगायत सम्पूर्ण सावधानीका उपाय अपाएर बच्चासँग कुरा गर्न सकिन्छ । भौतिक दुरी अपनाएर बच्चालाई कथा सुनाउने, कुनै राम्रो जानकारीमूलक फिल्म हेर्ने, राम्रो तथा सकारात्मक कुराहरू गर्ने गर्नुपर्छ ।

मानसिक तनावबाट टाढा राख्ने

बच्चा आफैँलाई सङ्क्रमण हुँदा वा आमाबुबा वा परिवारका सदस्यमध्ये कोही एकमा कोभिड भएका कारण बच्चालाई डर लाग्ने, तनाव हुनसक्छ । यस्तोमा मास्क, फेस–सिल्डलगायत सम्पूर्ण सावधानीका उपाय अपाएर बच्चासँग कुरा गर्न सकिन्छ । भौतिक दुरी अपनाएर बच्चालाई कथा सुनाउने, कुनै राम्रो जानकारीमूलक फिल्म हेर्ने, राम्रो तथा सकारात्मक कुराहरू गर्ने गर्नुपर्छ ।

बच्चामा उमेरअनुसार फरक तरिकाले मानसिक असर पर्ने हुन्छ । अलिक ठूलो वा पाँच–छ वर्षको बच्चामा धेरै एन्जाइटी हुने, आत्तिने, तनावमा हुने हुन्छन् । यस्ता बच्चासँग अभिभावकहरूले कोभिड-१९ सँग सम्बन्धित सकारात्मक कुराहरू गर्नुपर्छ । सङ्क्रमित भए पनि निको हुने मानिसहरू पनि धेरै छन् भनेर सम्झाउनुपर्छ । हामीलाई पनि निको हुन्छ, गाह्रो परिहालेमा डाक्टर तथा अस्पतालहरू छन् भनेर बुझाउनुपर्छ ।

साथै, मिडियामा आइरहेका सामाचारबाट बच्चालाई सक्दो टाढा राख्नुपर्छ । धेरै मात्रामा कोरोनासम्बन्धी समाचार टिभी, पत्रपत्रिका तथा अनलाइनमा हेरेर पनि बच्चामा असर पर्ने देखिन्छ ।

सङ्क्रमित र मृतकको सङ्ख्या पनि वृद्धि भइरहेको, अस्पतालमा बेड तथा अक्सिजनको अभावलगायत समाचारमा सुनिन्छ । कोभिडका बारेमा फैलिरहेका समाचारले बच्चामा थप डर पैदा गर्न सक्छ ।

अभिभावकहरूले सकारात्मक तरिकाले सम्झाएर बच्चामा देखिएको डर हटाउनुपर्छ । रमाइला क्रियाकलाप वा आफूलाई मन परेका कुरा गर्ने, घरमै खेल्न सकिने खेलहरू खेल्ने, सिर्जनात्मक कुराहरू गर्नेलगायत काम गरेर बच्चालाई व्यस्त राख्न सकिन्छ । यसले उनीहरूलाई तनावबाट मुक्त रहन मद्दत पुर्‍याउँछ ।

(विराटनगर अस्पतालका नवजात, बालरोग तथा बाल विकाससम्बन्धी समस्याका विशेषज्ञ डा. रिमालसँग अङ्किता ताम्राकारले गरेको कुराकानीमा आधारित)

jackson ribon