birat ribon

भारतमा दुईदेखि १८ वर्षसम्मको उमेर समूहमा खोप परीक्षण हुने

Neuro
भारतमा दुईदेखि १८ वर्षसम्मको उमेर समूहमा खोप परीक्षण हुने

विराटनगर / भारतमा दुईदेखि १८ वर्षसम्मको उमेर समूहमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण हुने भएको छ ।

भारतको केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठन (सिडिएससिओ)ले दुई वर्षदेखि १८ वर्ष उमेर समूहमा भारत बायोटेकले उत्पादन गरेको कोभाक्सिन खोपको दोस्रो र तेस्रो चरणको ट्रायल परीक्षण गर्न अनुमति दिएको हो । एम्स दिल्ली, एम्स पटना र मेडिट्रिना इन्स्टिच्युट अफ साइन्सेजका पाँच सय २५ जनामा खोप परीक्षण गरिने भएको छ ।

cura insider

सिडिएससिओका विज्ञहरूका अनुसार खोपको तेस्रो चरणको परीक्षणको अनुमति लिनुअघि सिडिएससिओलाई दोस्रो चरणको परीक्षणको नतिजासहित डेटा एन्ड सेफ्टी मनिटरिङ (डिएसएम)को सिफारिस बुझाउनु पर्ने हुन्छ । गत २४ फेब्रुअरीमा भारत बायोटेकले परीक्षणका लागि प्रस्ताव राखेपछि खोपको क्लिनिकल ट्रायलका लागि तयार गरिएको मापदण्ड पेश गर्न निर्देशन दिइएको थियो ।

भारत बायोटेकले भारतीय मेडिकल रिसर्च (आइसिएमआर) को सहकार्यमा स्वदेशी रूपमा विकसित गरेको कोभाक्सिन खोप अहिले भारतमा १८ वर्षमाथिका व्यक्तिहरूलाई दिइँदै छ । यसअघि क्यानडा र अमेरिकामा बालबालिकाहरूका लागि कोरोना खोप प्रयोगको अनुमति दिइसकेको छ ।

jackson ribon