birat ribon

हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु

Neuro
हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु

सुरुङ्गा (झापा) / झापामा जङ्गली हात्तीको आक्रमणमा परेर आज (बिहीबार) बिहान एक जना पुरुषको मृत्यु भएको छ ।

मर्निङवाकमा गएका बेला जङ्गली हात्तीको आक्रमणबाट कमल गाउँपालिका–३ का ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो ।

cura insider

जङ्गली हात्तीको आक्रमणबाट लिम्बूको घटनास्थलमै मृत्यु भएको जानकारी झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले दिए । उनका अनुसार बिहान मर्निङवाकमा निस्किएका लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको हो । रासस

jackson ribon