birat ribon

चीन सरकारसँग खोप र स्वास्थ्य सामाग्री माग

Neuro
चीन सरकारसँग खोप र स्वास्थ्य सामाग्री माग

विराटनगर / नेपालका नागरिक अगुवा एवं पेसाकर्मीले चीन सरकारसँग कोरोना भाइरसको महमारी नियन्त्रणका लागि सहयोग माग गरेका छन् ।

उनीहरुले कोरोनाका कारण नेपालको अवस्था जर्जर बनेको भन्दै छिमेकी मुलुक चीनसँग सहयोगको अपील गरेका हुन् । खोप र स्वास्थ्य सामाग्री सहयोगको अपील गर्नेमा कलाकार, समाजसेवी, पत्रकार, लेखक, व्यवसायी, प्राध्यापकलगायत छन् ।

cura insider

उनीहरुले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीमार्फत् चीनसँग सहयोग मागेका हुन् । राजदूत यान्छीलाई बुझाइएको संयुक्त अपीलमा
चीन सरकार र चिनियाँ नागरिकलाई पुनः एक पटक नेपालको भयावह स्वास्थ्य अवस्था सुधारका निम्ति आफ्ना सहयोगी हात अघि सार्न विनम्र अनुरोध गरिएको छ ।

आगामी महीनाहरूमा अझै कठीनपूर्ण संघर्ष गर्नुपर्ने निश्चित रहेको र सम्भावित मानवीय विपतसँग जुध्न नेपाललाई कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्रीको सहायता चाहिएको अपीलमा उल्लेख गरिएको छ ।

चीन सरकारले नेपाललाई महाभूकम्प र भारतले लगाएको नाकाबन्दीका बेला सहयोग गरेको थियो । अपीलमार्फत कोरोना महामारीका समयमा खोप, अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री सहयोग गरिरहेकोमा चीन सरकारलाई धन्यवाद दिइएको छ ।

jackson ribon