birat ribon

अस्पतालको भनाइमा प्रशासनको ध्यानआकर्षण

Neuro
अस्पतालको भनाइमा प्रशासनको ध्यानआकर्षण

काठमाडौं / जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसबाट सङ्क्रमित बनेका बिरामीको उपचारका लागि जिम्मेवार बन्न सबै पक्षलाई आग्रह गरेको छ ।

प्रशासनले विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रशासनले मानवीय संवेदनशीलतामा ध्यान दिएर सङ्क्रमितको उपचार र उद्धारमा जुट्न पनि आग्रह गरेको छ ।

cura insider

वर्तमान परिस्थितिमा सङ्क्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको जानकारी गराउँदै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य नगर्न पनि प्रशासनले अस्पतालहरुलाई चेतावनी दिएको छ ।

यस्ता गतिविधिले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिमेवार भई कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।प्रशासनद्धारा जारी विज्ञप्तिमार्फत मानवीय संवेदनशीलतालाई बुझी आआफ्नो पक्षबाट सकारात्मक भूमिका निर्वाहका लागि समेत सार्वजनिक ध्यानाकर्षण गराइएको छ । रासस

jackson ribon