birat ribon

कोरोना सङ्क्रमण : भारतमा उस्तै, ब्राजिलमा बढ्दै, अमेरिकामा नियन्त्रण हुँदै

Neuro
कोरोना सङ्क्रमण : भारतमा उस्तै, ब्राजिलमा बढ्दै, अमेरिकामा नियन्त्रण हुँदै
  • विराटनगर /

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमणको अवस्था सामान्य उतारचढावबाहेक केही दिनदेखि उस्तै रहेको छ ।

तर भारतमा दैनिक थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने विश्वका अन्य मुलुकमा भन्दा अत्याधिक धेरै छ । केही दिनदेखि भारतमा नयाँ थपिने कोरोना सङ्क्रमितको सङ्ख्याको अनुपात एउटै रहेको छ ।

cura insider

दैनिक भारतमा तीन लाख ५० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । यसअघि चार लाखभन्दा बढी थपिने गरेका थिए ।

तर केही दिनदेखि चार लाखभन्दा कम नै सङ्क्रमित भेटिने गरेका छन् । दैनिक चार हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको छ ।

नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या केही दिनदेखि उस्तै छ । विश्वमा पछिल्लो समय कोरोनाको कठिन परिस्थितिसँग जुधिरहेको मुलुक हो भारत ।

भारतमा २४ घण्टाभित्र तीन लाख ६२ हजार चार सय छ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या दुई करोड ३७ लाख दुई हजार आठ सय ३२ पुगेको छ ।

कोरोना पुष्टि भएका एक करोड ९७ लाख २८ हजार चार सय ३६ जना उपचारपछि सङ्क्रमणमुक्त बनेका छन् । ३७ लाख १६ हजार ४५ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन चार हजार एक सय २६ जनाको कोरोनाका कारण मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या दुई लाख ५८ हजार तीन सय ५१ पुगेको छ ।

भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

भारतपछि दैनिक थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या उच्च रहेको मुलुक हो ब्राजिल । ब्राजिलमा पछिल्लो समय कोरोना नियन्त्रण हुँदै गइरहेको थियो ।

तर केही दिनेदेखि पुनः सङ्क्रमण पुष्टि हुने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ । यसअघि दैनिक ५० हजार हाराहारीमा नयाँ बिरामी थपिने गरेका थिए । मृत्यु हुनेको सङ्ख्या तल झरेर एक हजार हाराहारीमा आएको थियो ।

तर अहिले त्यो सङ्ख्या बढ्न थालेको छ । ब्राजिलमा २४ घण्टाभित्र ७६ हजार छ सय ३८ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या एक करोड ५३ लाख ६१ हजार छ सय ८६ पुगेको छ ।

ब्राजिलमा एकै दिन दुई हजार पाँच सय ४५ जनाको मृत्यु भएको छ । हालसम्म चार लाख २८ हजार दुई सय ५६ जना सङ्क्रमितको मृत्यु भइसक्यो ।

एक करोड ३९ लाख २४ हजार दुई सय १७ जना उपचारपछि सङ्क्रमणमुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । १० लाख नौ हजार दुई सय १३ जनाको उपचार जारी छ ।

उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा भने केही हदसम्म सङ्क्रमण नियन्त्रण हुँदै गइरहेको छ ।

दैनिक ५० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । दुई हजार हाराहारीमा सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।

तर पछिल्लो समय त्यो सङ्ख्या घटेको छ । पछिल्लो २४ घण्टाभित्र ३४ हजार छ सय ३६ जना नयाँ बिरामी अमेरिकामा थपिएका छन् । सङ्क्रमित सङ्ख्या तीन करोड ३५ लाख ८४ हजार नौ सय ५६ पुगेको छ ।

अमेरिकामा एकै दिन आठ सय १५ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म पाँच लाख ९७ हजार सात सय ५९ जनाको मृत्यु भइसकेको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये दुई करोड ६६ लाख १९ हजार छ सय १९ जना उपचारपछि निको भएका छन् । ६३ लाख ६७ हजार पाँच सय ७८ जनाको उपचार जारी रहेकोमा आठ हजार छ सय ७० जनाको अवस्था गम्भीर छ ।

विश्वमा एकै दिन सात लाख ३५ हजार आठ सय २९ जना सङ्क्रमित थपिएका छन् । जम्मा सङ्क्रमित सङ्ख्या १६ करोड १० लाख ६१ हजार नौ सय तीन पुगेको छ ।

सङ्क्रमितमध्ये १३ करोड ९८ लाख ४१ हजार दुई सय ५१ जना उपचारपछि निको भएका छन् । एक करोड ७८ लाख ७६ हजार दुई सय ४० जनाको उपचार भइरहेको छ ।

उपचाररतमध्ये एक लाख पाँच हजार दुई सय ४१ जनाको अवस्था चिन्ताजनक छ । बिहीबार बिहानसम्म आइपुग्दा २४ घण्टाभित्रमा विश्वभर १३ हजार चार सय ९५ जनाको मृत्यु भयो ।

हालसम्म विश्वभर ३३ लाख ४४ हजार चार सय १२ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

jackson ribon