birat ribon

पिएसजी फ्रेन्च कपको फाइनलमा

Neuro
पिएसजी फ्रेन्च कपको फाइनलमा

विराटनगर / पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा मोन्टेपिलरमाथि पेनाल्टी सुटआउटमा ५–६ गोलको जित दर्ता गर्दै पिएसजी उपाधि नजिक पुगेको हो ।

मोन्टेपिलरको मैदानमा खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा पिएसजीका छ खेलाडीले नै गोल गरे भने मोन्टेपिलरका एक खेलाडी चुकेपछि ऊ ६–५ गोलले विजयी हुँदै फाइनल प्रवेश गरेको हो ।

cura insider

त्यसअघि निर्धारित समय २–२ गोलको बराबरीमा रोकँदा पिएसजीका लागि किलियन एम्बाप्पेले दुई गोल गरे भने मोन्टेपिलरका लागि गाइतान लाबोर्डे र एन्डी डेलर्टले समान एक–एक गोल गरे ।

खेलको दसौँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए । ४५औँ मिनेटमा मोन्टेपिलरका लाबोर्डेले गोल गरेपछि खेल बराबरीमा आयो ।

५०औँ मिनेटमा पुनः एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । ८३औँ मिनेटमा डेलर्टले गोल गरेपछि घरेलु टोली फेरि बराबरीमा फर्किएको हो ।

अब, पिएसजीले फाइनलमा मोनाको र रमिली भाल्लारेसबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलअन्तर्गत मोनाको र भाल्लारेसले आज एक–अर्काको सामना गर्दै छन् । फाइनल खेल भने १९ मेमा हुनेछ ।

jackson ribon