birat ribon

एथ्लेटिकोको जित, उपाधि होडमा अब्बल

Neuro
एथ्लेटिकोको जित, उपाधि होडमा अब्बल

विराटनगर / स्पेनिस ला लिगामा लिग लिडर एथ्लेटिको मड्रिडले रियल सोसिडाडमाथि २–१ गोलको जित निकालेको छ । बुधबार राति एथ्लेटिकोको मैदानमा घरेलु टोलीको जितमा यानिक कारास्को र एन्जल कोरेर्राले समान एक–एक गोल गरे भने सोसिडाडका इगोर जुबेल्डियाले एक गोल फर्काए ।

वान्डा मेट्रोपोलिटानोमा कारास्कोले १६औँ मिनेटमा गोल घरेलु टिमलाई सुरुआती अग्रता दिलाएका थिए । २८औँ मिनेटमा कोरेर्राले गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए ।

cura insider

८३औँ मिनेटमा जुेबेल्डियाले सोसिडाडका लागि सान्त्वना गोल गरे ।

जितसँगै शीर्ष स्थानको एथ्लेटिकोले ३६ खेलमा ८० अङ्क जोडेको छ । ऊ दोस्रो स्थानको बार्सिलोनाभन्दा चार तथा तेस्रो स्थानको रियल मड्रिडभन्दा पाँच अङ्कले अगाडि छ । बार्सिलोनाले ३६ तथा रियलले ३५ खेल खेलेको छ ।

साथै एथ्लेटिको उपाधि होडमा अब्बल देखिएको छ । सोसिडाड भने ५६ अङ्कसहित पाँचौँ स्थानमा छ ।

jackson ribon