birat ribon

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै

Neuro
विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै
  • विराटनगर /

विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या फेरि बढ्न थालेको छ ।

यसअघि दैनिक १० हजारभन्दा कम सङ्क्रमितको मृत्यु भइरहेको थियो । तर बिहीबार बिहानसम्म आइपुग्दा २४ घण्टाभित्रमा विश्वभर १३ हजार चार सय ९५ जनाको मृत्यु भयो ।

cura insider

विभिन्न मुलुकमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै यसको प्रभाव विश्वभर परेको हो । बुधबार बिहानसम्ममा २४ घण्टाभित्र १२ हजार छ सय ७८ जनाको मृत्यु भएको थियो ।

अघिल्लो दिनको तुलनामा एकै दिन विश्वमा आठ सय १७ बढी सङ्क्रमितको मृत्यु भएको हो । हालसम्म विश्वभर ३३ लाख ४४ हजार चार सय १२ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

एकै दिन विश्वमा सात लाख ३५ हजार आठ सय २९ जना सङ्क्रमित थपिए । सङ्क्रमित सङ्ख्या १६ करोड १० लाख ६१ हजार नौ सय तीन पुगेको छ ।

सङ्क्रमितमध्ये १३ करोड ९८ लाख ४१ हजार दुई सय ५१ जना उपचारपछि निको भएका छन् । एक करोड ७८ लाख ७६ हजार दुई सय ४० जनाको उपचार भइरहेको छ ।

उपचाररतमध्ये एक लाख पाँच हजार दुई सय ४१ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा एकै दिन आठ सय १५ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म पाँच लाख ९७ हजार सात सय ५९ जनाको मृत्यु भइसकेको छ ।

३४ हजार छ सय ३६ जना नयाँ बिरामी अमेरिकामा थपिएका छन् । सङ्क्रमित सङ्ख्या तीन करोड ३५ लाख ८४ हजार नौ सय ५६ पुगेको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये दुई करोड ६६ लाख १९ हजार छ सय १९ जना उपचारपछि निको भएका छन् । ६३ लाख ६७ हजार पाँच सय ७८ जनाको उपचार जारी रहेकोमा आठ हजार छ सय ७० जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा एकै दिन चार हजार एक सय २६ जनाको कोरोनाका कारण मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या दुई लाख ५८ हजार तीन सय ५१ पुगेको छ ।

२४ घण्टाभित्र तीन लाख ६२ हजार चार सय छ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या दुई करोड ३७ लाख दुई हजार आठ सय ३२ पुगेको छ ।

कोरोना पुष्टि भएका एक करोड ९७ लाख २८ हजार चार सय ३६ जना उपचारपछि सङ्क्रमणमुक्त बनेका छन् । ३७ लाख १६ हजार ४५ जनाको उपचार भइरहेको छ ।

उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन दुई हजार पाँच सय ४५ जनाको मृत्यु भएको छ । हालसम्म चार लाख २८ हजार दुई सय ५६ जना सङ्क्रमितको मृत्यु भइसक्यो ।

२४ घण्टाभित्र ७६ हजार छ सय ३८ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या एक करोड ५३ लाख ६१ हजार छ सय ८६ पुगेको छ ।

एक करोड ३९ लाख २४ हजार दुई सय १७ जना उपचारपछि सङ्क्रमणमुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । १० लाख नौ हजार दुई सय १३ जनाको उपचार जारी छ ।

उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon