birat ribon

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: गुरुङ नियुक्त

Neuro
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: गुरुङ नियुक्त

विराटनगर / पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका गुरुङले प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिन भित्र बहुमतको सरकार गठनको दाबी गर्न आह्वान गरेकी थिइन् ।

cura insider

बुधबार नेपाली कांग्रेसका सांसद् कृष्णचन्द्र नेपाली पोखरेलले दाबी पेश गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले पोखरेलको दाबी नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।

गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

jackson ribon