birat ribon

सङ्क्रमितमा पाँचदेखि दस दिनबीच अस्पताल भर्ना हुनसक्ने चेतावनी सङ्केत देखिने

Neuro
सङ्क्रमितमा पाँचदेखि दस दिनबीच अस्पताल भर्ना हुनसक्ने चेतावनी सङ्केत देखिने

विराटनगर / कोरोना भाइरसको सङ्क्रमणका कारण देखिने लक्षण हरेक व्यक्तिपिच्छे फरक–फरक हुने गर्छ ।

अधिकांश सङ्क्रमितमा सङक्रमणको हल्का असर हुन्छ र उनीहरू घरमा आइसोलेसन बसी निको हुन सक्छन् । तर, लक्षण आउन सुरु भएको पाँच दिनपछि लक्षणहरूको अनुगमन र मूल्याङ्कन गर्न अति आवश्यक हुन्छ । सङ्क्रमण भएका सुरुका दिनहरू धेरै भ्रमित हुन सक्छन् । धेरै व्यक्तिहरूमा धेरै हल्का लक्षण हुने वा एसिम्प्टोमेटिक पनि हुन सक्छ ।

cura insider

तर, सङ्क्रमणको लक्षण देखिएको पाँचदेखि दस दिनको बीचमा मात्र सङ्क्रमणको वास्तविक गम्भीरता निर्धारित गर्न सकिन्छ । विज्ञहरूका अनुसार आइसोलेसनमा बसेको पाँचदेखि दस दिनमा देखिएका लक्षणले रोगको जटिलताको सम्भावनाबारे वा गम्भीरतामा इशारा गरिरहेको हुन्छ । कहिले काहीँ छदेखि सात दिनपछि सङ्क्रमणको अवस्था गम्भीर हुँदै जाने हुन्छ ।

प्रतिरक्षा प्रणालीले भाइरसलाई जरादेखि हटाउन एन्टिबडीहरू उत्पादन गर्छन् । तर, कहिलेकाहीँ यो अत्यधिक मात्रामा उत्पादन हुने हुँदा यसले समस्यालाई थप बिगार्न सक्छ । सङ्क्रमण भएको पाँचदेखि दस दिनको बीच लक्षणहरूको तीव्रता अधिक गम्भीर हुन सक्छ । केहीलाई निको भएकोजस्तो महसुस हुन सक्छ । तर, तिनीहरूमा सकेन्डरी इन्फेक्सनको लक्षण बढ्दो रुपमा देखापर्न सक्छ ।

उक्त समयमा अक्सिजनको स्तरको कमी, डिलिरियम, उच्च ज्वरो जस्ता लक्षणसहित अस्पतालमा भर्ना हुनसक्ने चेतावनी सङ्केतहरू देखिन सक्छ । सङ्क्रमितमा लक्षणहरू बिग्रँदै जाने, श्वासप्रश्वासका लक्षणहरू, असुविधा हुने, छाती भारी हुने, सास फेर्न गाह्रो हुनसक्ने जस्ता समस्याहरू देखापर्न सक्छ । हाइपोक्सिया (अक्सिजन स्तर धेरै कम भई गम्भीर अवस्था निम्तिने) वा अन्य लक्षण देखापर्न सक्छ ।

रोग गम्भीर हुनुका साथै घातक पनि हुन सक्छ । त्यसैले, रोगलाई गम्भीर हुन नदिनका लागि समयमा सङ्क्रमण पहिचान गर्न, लक्षणलाई मनिटर गर्न तथा देखिएका लक्षणअनुसार औषधि उपचार वा अक्सिजनको सहायता लिनुपर्ने हुन्छ । सङ्क्रमणको गम्भीरता बढाउनका लागि पहिलादेखि भएका स्वास्थ्यमा समस्या, वढ्दो उमेर महत्त्वपूर्ण कारक हुन सक्छन् ।

डाक्टरहरूका अनुसार मधुमेह, उच्च कोलेस्ट्रोल, मोटोपना, इम्युनो कम्प्रमाइज्ड अवस्था भएका सङ्क्रमितमा रोगको गम्भीरतामा हुने जोखिम उच्च हुन्छ । तर, अहिले युवा र स्वस्थ बिरामीहरूमा समेत प्रारम्भिक चरणमै फोक्सोको समस्या देखापरिरहेको छ । जसकारण समयमै छातीको स्क्यान, एक्सरे तथा रक्त जाँच गर्न महत्वपूर्ण हुन्छ ।

jackson ribon