birat ribon

धुम्रपान गर्नेहरूमा कोभिडले थप जटिलता निम्त्याउने

Neuro
धुम्रपान गर्नेहरूमा कोभिडले थप जटिलता निम्त्याउने

विराटनगर / धुम्रपान गर्ने व्यक्तिहरूमा कोभिड–१९ले थप जोखिम बढाउन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को अनुसार धुम्रपान गर्ने मानिसहरूलाई कोभिडका कारण थप जटिलता हुने वा अवस्था गम्भीर हुने सम्भावना १.५ गुणा बढी हुन्छ । त्यस्तै, धुम्रपान गर्ने मानिसहरूमा सङ्क्रमणबाट हुने मृत्युदर उच्च रहेको वा धुम्रपान गर्ने व्यक्तिहरू कोभिडका कारण मर्ने सम्भावना पनि धेरै हुन्छ ।

cura insider

त्यस्तै, रक्सीको सेवनले पनि कोभिड १९ जस्ता सङ्क्रमणसँग लड्न शरीरको क्षमतालाई बिगार्छ । धुम्रपान र मदिरापानका साथै मोटोपनको समस्या (ओबेसिटी)ले पनि सङ्क्रमणको जोखिम र जटिलतालाई बढाउन सक्छ । मोटोपनको समस्या भएका मानिसमा कोभिडका कारण थप जटिलता हुने सम्भावना सात गुणा बढी हुने अध्ययनले देखाएको छ ।

शारीरिक गतिविधिले पनि प्रतिरक्षा प्रणाली सुधार गर्ने, तनाव र चिन्ता कम गर्नेलगायतका छोटो र दीर्घकालीन स्वास्थ्य लाभ प्रदान गर्छ । दैनिक शारीरिक गतिविधि गर्नाले हृदय रोग, उच्च रक्तचाप, मधुमेह र शरीरको तौल बढ्ने तथा मोटोपनाको समस्याको रोकथाम गर्न सक्छ । यी सबै कोभिडका कारण अवस्था गम्भीर हुनसक्ने जोखिम कारक हुन् ।

त्यस्तै, मधुमेह, मुटुरोग, क्यान्सर (विशेषगरी रगतको क्यान्सर भएकामा) तथा दमलगायतका श्वासप्रश्वासको समस्या भएका मानिसमा पनि कोभिड जटिल हुने सम्भावना बढी हुन्छ । मधुमेह भएका बिरामीका कोभिडको लक्षण गम्भीर हुने वा मृत्यु हुने सम्भावना तीन गुणा बढी हुन्छ भने मुटु रोग लागेमा बिरामीमा सङ्क्रमण जटिल हुने सम्भावना दुईदेखि चार गुणा बढी हुने पाइएको छ ।

वायु प्रदूषणको जोखिम र कोभिडका कारण हुने मृत्युदरको बीचको सम्बन्ध पनि देखिएको छ । वायु प्रदूषणले फोक्सोको कार्यमा बाधा पुर्‍याउने गर्छ, जसले कोभिडसहितका अन्य श्वासप्रश्वासको सङ्क्रमणको जोखिम बढाउँछ ।

jackson ribon