birat ribon

सिटीले जित्यो प्रिमियर लिगको उपाधि

Neuro
सिटीले जित्यो प्रिमियर लिगको उपाधि

विराटनगर / म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि पक्का गरेको छ । मङ्गलबार राति लेइस्टर सिटीसँग म्यानचेस्टर युनाइटेड २–१ गोलले पराजित भएसँगै सिटी विजेता बनेको हो ।

युनाइटेड पराजित हुँदा सिटी तीन खेलअगावै च्याम्पियन बनेको हो । सिटीले दोस्रो स्थानको युनाइटेडभन्दा दस अङ्कको अग्रता बनाउँदै उपाधि जितेको हो । यससँगै सिटीले पाँचौँ पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

cura insider

ओल्ड ट्राफोर्डमा लेइस्टरलाई जिताउन लुके थोमस र काग्लर सोयुन्सुले समान एक–एक गोल गरे । युनाइटेडका मासोन ग्रिनवुडले एक गोल गरे ।

खेलको दसौँ मिनेटमा थोमसले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । १५औँ मिनेटमा ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । ६६औँ मिनेटमा सोयुन्सुले गोल गरेपछि लेइस्टर २–१ गोलले विजयी भयो ।

जितसँगै तेस्रो स्थानको लेइस्टरले ३६ खेलमा ६६ अङ्क जोड्यो । युनाइटेडसँग ७० अङ्क छ भने सिटीसँग ८० अङ्क छ । दुवैले ३५ खेल खेलेका छन् ।

jackson ribon