birat ribon

भारतमा सङ्क्रमितको मृत्युमा नयाँ रेकर्ड, एकै दिन चार हजार दुई सयको मृत्यु

Neuro
भारतमा सङ्क्रमितको मृत्युमा नयाँ रेकर्ड, एकै दिन चार हजार दुई सयको मृत्यु

विराटनगर / नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितको मृत्युले नयाँ रेकर्ड कायम गरेको छ ।

भारतमा २४ घण्टाभित्र अहिलेसम्मकै धेरै सङ्क्रमितको मृत्यु भयो । एकै दिन चार हजार दुई सय सङ्क्रमितको मृत्यु भएको हो । भारतमा २४ घण्टाभित्रमा यति धेरै सङ्क्रमितको मृत्यु भएको पहिलो पटक हो । विश्वका अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै पनि हो । एकै दिनमा विश्वभर मृत्यु भएका सङ्क्रमितको एक तिहाई भारतीय नागरिक रहेका छन् ।

cura insider

विश्वमा एकै दिन १२ हजार छ सय ७८ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण नराम्ररी प्रभावित बनिरहेको भारतमा अहिलेसम्म दुई लाख ५४ हजार दुई सय २५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । एकै दिन तीन लाख ४८ हजार पाँच सय २९ नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा थपिएका नयाँ बिरामीको भन्दा अत्याधिक धेरै हो । सङ्क्रमित सङ्ख्या दुई करोड ३३ लाख ४० हजार चार सय ५६ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ९३ लाख ७६ हजार छ सय ७४ जना उपचारपछि निको भएका छन् ।

३७ लाख नौ हजार पाँच सय ५७ जनाको उपचार जारी रहेको छ । आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । विश्वभर हालसम्म कोरोनाका कारण विश्वभर ३३ लाख ३० हजार एक सय १३ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण तीव्र रुपमा फैलिँदै गइरहेको छ । भारतसँगको खुला सीमा र उताबाट हुने अवैध आवतजावत यसको मुख्य कारण रहेको विज्ञहरुको भनाइ छ । २४ घण्टाभित्र अहिलेसम्मकै धेरै दुई सय २५ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्लबार सार्वजनिक गरेको छ ।

नेपालमा हरेक घण्टा कोरोनाकै कारण नौ जनाको मृत्यु हुन थालेको छ । सङ्क्रमण र मृत्युको सङ्ख्या तीव्र रुपमा बढ्दा अस्पतालहरुले बेड अभावमा बिरामीको भर्ना लिनै छोडेका छन्। अस्पतालमा अक्सिजन र बेडको अभाव हुँदा सङ्क्रमित त्यत्तिकै छटपटाएर मृत्युवरण गर्न बाध्य छन् ।

सङ्क्रमण र यसले मृत्यु हुनेको सङ्ख्या बढ्दा स्वास्थ्य प्रणाली नै ध्वस्त भएको विज्ञहरुले बताएका छन् । गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले पछिल्लो समयमा उत्पन्न भएको कठिन परिस्थितिका कारण नेपालको ‘हेल्थ सिस्टम नै कोल्याब्स’ भएको बताए । उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्य नीति नै परिवर्तन गर्न सुझावसमेत दिएका छन्।

विज्ञहरुको भनाइले नेपालमा कोरोना सङ्क्रमणको अवस्था भयावह बन्दै गएको र यसको नियन्त्रणका लागि सरकार गम्भीर बन्नुपर्ने तथा सबै आम सर्वसाधारण सचेत हुनुपर्ने देखिएको छ। दैनिक मन्त्रालयले सङ्क्रमित, मृतक र सङ्क्रमणको तीव्र वृद्धिका विवरण सार्वजनिक गर्दै गर्दा आम मानिसमा त्रास बढ्न थलेको छ। तर, घरभित्रै बस्ने र बाहिर निस्कनै पर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सके सङ्क्रमणबाट आँफै बच्न सकिन्छ। महामारी बढ्दै गर्दा अरुलाई दोष दिनुभन्दा पनि आँफै सचेत हुनुपर्ने अवस्था आएको विज्ञहरुले बताएका छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण चार हजार चार सय ८४ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार मङ्गलबार एकै दिन नौ हजार चार सय ८३ जना सङ्क्रमित थपिएका छन्। दैनिक सङ्क्रमण बढ्दै गर्दा नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ हजार आठ पुगेको छ। नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितमध्ये तीन लाख १२ हजार १९ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

jackson ribon