birat ribon

लेभान्टेसँग बार्सिलोनाको बराबरी, उपाधि होडबाट बाहिरियो

Neuro
लेभान्टेसँग बार्सिलोनाको बराबरी, उपाधि होडबाट बाहिरियो

विराटनगर / स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको छ । मङ्गलबार राति लेभान्टेको मैदानमा बराबरी खेलेसँगै बार्सिलोना व्यवहारिक रूपमा उपाधि होडबाट बाहिरिएको छ ।

सिउटाट डी भ्यालेन्सियामा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी, पेड्री र ओस्मान डेम्बेलेले एक–एक गोल गरे । लेभान्टेका मेलेरो मान्जारनेस, जोसे लुइस मोरालेस र सर्जियो लिमोनेसले समान एक गोल गरे ।

cura insider

खेलको २५औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ३४औँ मिनेटमा पेड्रीले गोल गरेपछि पहिलो हाफभरि बार्सिलोनाले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

५७औँ मिनेटमा मन्जानरेसले र ५९औँ मिनेटमा मोरालेसले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काए । ६४औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर ८३औँ मिनेटमा लिमोनेसले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।

बराबरीसँगै बार्सिलोना व्यवहारिक रूमा उपाधि होडबाट बाहिरिएको हो । अब उसले दुई खेल खेल्न बाँकी छ । कुनै चमत्कार भएमा मात्र उसले उपाधि जित्नेछ ।

शीर्ष स्थानमा उक्लिने मौका गुमाएको ऊ रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थानमा भने उक्लिएको छ । उसले ३६ खेलमा ७६ अङ्क जोडेको छ । शीर्ष स्थानको एथ्लेटिकोसँग ७७ अङ्क छ । उसले ३५ खेल खेलेको छ । ३५ खेल नै खेलेको रियलसँग ७५ अङ्क छ ।

jackson ribon