birat ribon

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ करोड नाघ्यो

Neuro
विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ करोड नाघ्यो

विराटनगर / विश्वमा बुधबार बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १६ करोड नाघेको छ ।

विभिन्न मुलुकमा नयाँ सङ्क्रमित थपिने क्रम जारी छ । कतिपय मुलुकमा कोरोना नियन्त्रण हुँदै गइरहे पनि कतिपयमा सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको छ । पछिल्लो २४ घण्टामा विश्वमा छ लाख ८९ हजार छ सय ५८ जना नयाँ बिरामी थपिए । विश्वमा सङ्क्रमित सङ्ख्या १६ करोड दुई लाख ९९ हजार पाँच सय ६४ पुगेको छ ।

cura insider

सङ्क्रमितमध्ये १३ करोड ९० लाख १७ हजार आठ सय ७६ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड ७९ लाख ५१ हजार पाँच सय ७५ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख छ हजार तीन सय १० जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा एकै दिन १२ हजार छ सय ७८ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सङ्ख्या केही दिनयताकै उच्च हो । विश्वमा २४ घण्टाभित्र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या केही दिनदेखि १० हजारभन्दा कम थियो । हालसम्म कोरोनाका कारण विश्वभर ३३ लाख ३० हजार एक सय १३ जनाको मृत्यु भइसकेको छ ।

सङ्क्रमित सङ्ख्याको हिसाबले कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक अमेरिकामा २४ घण्टाभित्र ३२ हजार चार सय ८८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३५ लाख ४७ हजार छ सय ९९ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ६५ लाख ५४ हजार चार सय ८५ जना उपचारपछि निको भएका छन् ।

६३ लाख ९६ हजार दुई सय ९१ जनाको उपचार जारी रहेकोमा आठ हजार सात सय ८३ जनाको अवस्था गम्भीर छ । अमेरिकामा एकै दिन सात सय २० सङ्क्रमितको मृत्यु भयो । कोरोना पुष्टि भएकामध्ये हालसम्म पाँच लाख ९६ हजार नौ सय २३ जना अमेरिकी नागरिकको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ४८ हजार पाँच सय २९ नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा थपिएका नयाँ बिरामीको भन्दा अत्याधिक धेरै हो । सङ्क्रमित सङ्ख्या दुई करोड ३३ लाख ४० हजार चार सय ५६ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ९३ लाख ७६ हजार छ सय ७४ जना उपचारपछि निको भएका छन् ।

३७ लाख नौ हजार पाँच सय ५७ जनाको उपचार जारी रहेको छ । आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक भारतमा एकै दिन चार हजार दुई सय सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या अन्य मुुलकमा ज्यान गुमाएका सङ्क्रमितको भन्दा धेरै हो । भारतमा हालसम्म दुई लाख ५४ हजार दुई सय २५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र ६८ हजार छ सय ७५ जना नयाँ सङ्क्रमित थपिए । कोरोनाका कारण बिरामी हुनेको सङ्ख्या एक करोड ५२ लाख ८२ हजार सात सय पाँच पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ३८ लाख ४७ हजार एक सय ९१ जना उपचारपछि निको भएका छन् ।

१० लाख नौ हजार नौ सय ७४ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । एकै दिन ब्राजिलमा दुई हजार एक सय चार सङ्क्रमितको मृत्यु भयो । दैनिक मृत्यु सङ्ख्या भारतपछि ब्राजिलमा धेरै छ । हालसम्म ब्राजिलमा कोरोनाका कारण चार लाख २५ हजार पाँच सय ४० जनाको मृत्यु भइसकेको छ ।

jackson ribon