birat ribon

काठमाडौँमाथि जित निकाल्दै धनगढी एनएसएलको फाइनलमा

Neuro
काठमाडौँमाथि जित निकाल्दै धनगढी एनएसएलको फाइनलमा

काठमाडौँ / धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार काठमाडौँ रेजर्सलाई २–१ गोलले हराउँदै धनगढी फाइनलमा पुगेको हो ।

दशरथ रङ्गशालामा खेलको निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । जसमा काठमाडौँका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल गरेका थिए । तर एक सय आठौँ मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई जित दिलाए ।

cura insider

आज पराजित भएको काठमाडाैँको अझै फाइनल पुग्ने सम्भावना छ । काठमाण्डौले अब बुटबल लुम्बिनी र ललितपुर सिटीबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ ।

jackson ribon