birat ribon

युभेन्टस छोड्ने बुफनको घोषणा

Neuro
युभेन्टस छोड्ने बुफनको घोषणा

विराटनगर / इटालियन क्लब युभेन्टसका गोलरक्षक जियानलुइगी बुफनले सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका छन् । मङ्गलबार ४३ वर्षीय बुफनले यस सिजनको अन्त्यसँगै टुरिन बसाई अन्त्य गर्ने घोषणा गरेका हुन् ।

बुफन सन् २०१९ को जुलाईमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) एक वर्षे बसाई अन्त्य गर्दै युभेन्टस फर्किएका थिए । विश्वकप विजेता बुफनको सम्झौता यसै जुनमा सकिँदैछ ।

cura insider

‘अब निरन्तरता दिन सक्दिँन’, बुफनले भनेका छन्, ‘सिजनको अन्त्यसँगै क्लबबाट बिदा हुने निर्णय लिएको छु ।’ यस्तै उनले क्रिस्टियानो रोनाल्डोसँग खेल्नका लागि युभेन्टस आएको उल्लेख गरे ।

‘रोनाल्डोसँगको मेरो सम्बन्ध धेरै राम्रो छ । उनी मेरा लागि निकै राम्रा व्यक्ति हुन् । उनकै कारण युभेन्टस फर्किएको थिएँ । उनले धेरै गोल गरेका छन्, सधैँ । पछिल्ला वर्षहरूजस्तै । व्यक्तिगतभन्दा पनि टोलीका लागि गोल महत्त्वपूर्ण हुन्छन्, उनले भने ।

jackson ribon