birat ribon

निषेधाज्ञाको ११औँ दिन विराटनगरका विभिन्न स्थानमा देखिएको दृश्य (फोटो फिचर)

Neuro
निषेधाज्ञाको ११औँ दिन विराटनगरका विभिन्न स्थानमा देखिएको दृश्य (फोटो फिचर)

विराटनगर / दोस्रो लहरको कोरोना सङ्क्रमणले महामारीको रूप लिन थालेपछि विराटनगरमा निषेधाज्ञा सुरु भएको मङ्गलबार ११औँ दिन पुगेको छ ।

निषेधाज्ञाको ११औँ दिनसम्म आइपुग्दा विराटनगरमा केही चहलपहल पनि बढ्न थालेको छ । सङ्क्रमणले भयावह अवस्था लिइरहेको अवस्थामा कतिपयले मास्कसमेत नलगाएको पाइएको छ ।

cura insider

ठाउँ–ठाउँमा अत्यावश्यक सामग्रीका पसलहरू खुला भए पनि स्वास्थ्य मापदण्ड पालना गरेको पाइँदैन । निषेधाज्ञाको ११औँ दिनसम्म आइपुग्दा दैनिक ठेला–रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएकाहरू भने कामविहीन भएर बाटोमा ठेला राखेर काम पाउने आशमा बसेको देख्न सकिन्छ ।

शब्द तथा तस्बिर-मोहन ढकाल

jackson ribon