birat ribon

प्रतिबन्धबाट एक कदम मात्र पछाडि बार्सिलोनाका ६ तथा एथ्लेटिकोका पाँच खेलाडी

Neuro
प्रतिबन्धबाट एक कदम मात्र पछाडि बार्सिलोनाका ६ तथा एथ्लेटिकोका पाँच खेलाडी

विराटनगर / स्पेनिस ला लिगामा २० वटै क्लबले ३५औँ चरणका खेल खेलिसकेका छन् । अब तीन चरणको खेल बाँकी रहे पनि उपाधि छिनोफानो भइसकेको छैन । उपाधि होड रोमाञ्चक बनेको ला लिगाको टाइटल जित्न एथ्लेटिको मड्रिड, रियल मड्रिड र बार्सिलोना गरी तीन क्लबको होडबाजी छ ।

तर बाँकी तीन निर्णायक खेलमा बार्सिलोना तथा एथ्लेटिकोलाई सकस हुनसक्ने देखिएको छ । किनकि बार्सिलोनाका ६ तथा एथ्लेटिकोका पाँच खेलाडी प्रतिबन्धबाट मात्र एक कदम पछाडि छन् । रियलका एक खेलाडीलाई मात्र प्रतिबन्ध हुनसक्ने देखिएको छ ।

cura insider

अब, बार्सिलोना ६, एथ्लेटिकोका पाँच र रियलका एक खेलाडीले बाँकी रहेका तीन खेलमा पहेँलो कार्ड खाए एक खेलको प्रतिबन्ध भोग्ने छन् ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सी, जेरार्ड पिके, एन्टोइन ग्रिजम्यान, फ्रेन्की डी योङ, ओस्कार मिङ्गुएजा र जोर्डी अल्बा प्रतिबन्धको जोखिममा छन् । उनीहरूले बाँकी खेलमा पहेँलो कार्ड खाएमा एक खेलमा प्रतिबन्ध भोग्ने छन् ।

यता, एथ्लेटिकोका स्टेफान सेभिकले यस सिजन १४ वटा पहेँलो कार्ड पाएका छन् भने कोकेले नौवटा पाइसकेका छन् । अब, उनीहरू दुवै प्रतिबन्धबाट मात्र एउटा पहेँलो कार्डले पछि छन् । मारियो हर्मोसो, साउल निगुएज र थोमस लेमारले पनि अब एउटा पहेँलो कार्ड पाएमा एक खेल गुमाउनेछन् ।

यसैगरी, जिनेदिन जिदान नेतृत्वको रियल मड्रिडका क्यासेमिरो मात्र प्रतिबन्धको खतरामा छन् । उनले यस सिजन नौवटा पहेँलो कार्ड पाइसकेका छन् । अब, एउटा पहेँलो कार्ड उनका लागि खतरा हुनसक्ने देखिएको छ ।

एथ्लेटिको मड्रिड रेड कार्डविहीन

यस सिजन उपाधि होडमा अब्बल देखिएको एथ्लेटिकोका कुनै पनि खेलाडीले रातो कार्ड पाएका छैनन् । उनीहरूकाे यस सिजन निष्पक्ष खेल देखिएको छ । ३५ खेल खेल्दासम्म उनीहरूले रातो कार्ड पाएका छैनन् । उनीहरूलाई यस सिजन ९२ वटा पहेँलो कार्ड देखाइएको छ ।

यता, रियलका तीन खेलाडीले रातो कार्ड पाएका छन् । रियल खेलाडीले जम्मा ५३ वटा पहेँलो कार्ड पाएका छन् । यस्तै, बार्सिलोना खेलाडीले जम्मा ६२ वटा पहेँलो कार्ड पाएका छन् । बार्सिलोनाका दुई खेलाडीलाई मात्र रेड कार्ड दिएर मैदानबाहिर पठाइएको छ ।

यस सिजन अल्भेसका खेलाडीले सबैभन्दा धेरै रातो कार्ड पाएका छन् । उसका खेलाडीले १३ वटा रातो कार्ड पाएका छन् ।

jackson ribon