birat ribon

१३ करोड ८१ लाखभन्दा बढी सङ्क्रमणमुक्त, एक करोड ८० लाखभन्दा बढीको उपचार हुँदै

Neuro
१३ करोड ८१ लाखभन्दा बढी सङ्क्रमणमुक्त, एक करोड ८० लाखभन्दा बढीको उपचार हुँदै

विराटनगर / विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामध्ये आज (मङ्गलबार) बिहानसम्ममा १३ करोड ८१ लाखभन्दा बढी निको भएका छन् ।

एक करोड ८० लाखभन्दा बढी सक्रिय सङ्क्रमितको उपचार जारी छ । विश्वमा हालसम्म १५ करोड ९५ लाख ७२ हजार ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख ८९ हजार सात सय ३४ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य दिनको तुलनामा कम हो ।

cura insider

सङ्क्रमितमध्ये १३ करोड ८१ लाख ८९ हजार ४६ जनाको उपचार सफल भएको हो । सफल उपचार भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड ८० लाख ६६ हजार चार सय १३ जना सक्रिय सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये एक लाख छ हजार पाँच सय २५ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन विश्वमा नौ हजार आठ सय १७ जना सङ्क्रमितको मृत्यु भयो । विश्वमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । हालसम्म विश्वमा ३३ लाख १६ हजार पाँच सय ३४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

सङ्क्रमित सङ्ख्याको हिसाबमा विश्वकै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म तीन करोड ३५ लाख १० हजार आठ सय २६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा २७ हजार ७७ जना नयाँ बिरामी थपिए । सङ्क्रमितमध्ये दुई करोड ६५ लाख एक सय ५८ जना उपचारपछि सङ्क्रमणमुक्त बनेका छन् ।

६४ लाख १४ हजार पाँच सय १९ जना सक्रिय सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार आठ सय ६४ जनाको अवस्था गम्भीर छ । एकै दिन तीन सय ४१ सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण अमेरिकामा पाँच लाख ९६ हजार एक सय ४९ जनाको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड २९ लाख ९१ हजार नौ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार पाँच सय १७ जना नयाँ बिरामी थपिए । सङ्क्रमितमध्ये एक करोड ९० लाख २१ हजार दुई सय सात जना उपचारपछि सङ्क्रमणमुक्त भएर सामान्य जीवनमा फर्किएका छन् ।

३७ लाख २० हजार छ सय ९५ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन तीन हजार आठ सय ७९ जना सङ्क्रमितको मृत्यु भयो । कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक भारतमा हालसम्म दुई लाख ५० हजार २५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

ब्राजिलमा एकै दिन २५ हजार दुई सय नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड ५२ लाख नौ हजार नौ सय ९० पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ३७ लाख ५९ हजार एक सय २५ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । १० लाख २७ हजार छ सय ३६ जनाको उपचार हुँदै छ ।

उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा आठ सय ११ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म ब्राजिलमा कोरोनाका कारण चार लाख २३ हजार दुई सय २९ जनाको मृत्यु भइसकेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon