birat ribon

कोभिड निको भएकामा म्युकरमाइकोसिसको सङ्क्रमण बढ्दो

Neuro
कोभिड निको भएकामा म्युकरमाइकोसिसको सङ्क्रमण बढ्दो

विराटनगर / भारतमा दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ ।

यस्तोमा भाइरसबाट सङ्क्रमित भई निको भइरहेका वा भइसकेका मानिसमा कालो फङ्गस वा म्युकरमाइकोसिसको सङ्क्रमण देखिरहेको चिकित्सकहरूले जनाएका छन् । मुम्बाईको अस्पतालमा कार्यरत डा. अक्षय नायरका अनुसार कोभिड निको भएका बिरामीमा १२ देखि १५ दिनपछि म्युकरमाइकोसिसको सङ्क्रमण पुष्टि भइरहेको छ ।

cura insider

सङ्क्रमण पुष्टि भइरहेका अधिकांशमा डाइबिटिजको समस्या भएको पाइएको छ । हालसम्म म्युकरमाइकोसिसको सङ्क्रमण पुष्टि भइसकेको भएकामध्ये ११ जनामा सङ्क्रमण फैलिनबाट रोक्न र ज्यान जोगाउनका लागि शल्यक्रिया गरी आँखा निकाल्नु परेको थियो भने छ जानाको मृत्यु भएको छ ।

फङ्गसको सङ्क्रमणको कारणले हुने म्युकरमाइकोसिसले साइनस, दिमाग र फोक्सोलाइ असर पु¥याउँछ र यसको मृत्युदर ५० प्रतिशत हुने गर्छ । डाइबिटिज, एड्स वा कमजोर इम्युनिटी (रोग प्रतिरोधक क्षमता कम भएका) मानिसमा यो सङ्क्रमण घातक हुनसक्छ । डाक्टरहरूका अनुसार कोभिडको बिरामीमा स्टेरोइडको प्रयोगले म्युकरमाइकोसिसको सङ्क्रमण सुरु भइरहेको छ ।

कोभिडको बिरामीमा स्टेरोइडको प्रयोगले फोक्सोमा हुने इन्फ्लामेसनलाई कम गर्न र शरीरको रोग प्रतिरोधक क्षमता कम भएको बेला शरीरमा हुने अन्य हानीबाट रोक्ने काम गर्छ । तर, यसको प्रयोगले शरीरको रोग प्रतिरोधक क्षमता कम हुने तथा मधुमेह भएका वा नभएकाको समेत रगतमा चिनीको मात्रा बढाउने हुन्छ । कोरोना भाइरसको नयाँ भेरियन्ट अत्यधिक सङ्क्रामक छ जसले सङ्क्रमितको बल्ड सुगर लेभल बढाइरहेको छ ।

र, शरीरको रोग प्रतिरोधक क्षमता कम भएको कारण म्युकरमाइकोसिसको सङ्क्रमण सुरु भइरहेको छ । म्युकरमाइकोसिसको सङ्क्रमण युवा उमेर समूहमा पनि अत्यधिक देखिएको छ । नाक बन्द हुनु, नाकबाट रगत वा कालो तरल पदार्थ बग्नु, आँखा सुन्निने वा दुख्नु, परेला झर्नु, धमिलो देख्न थाल्नु, अन्धो हुनु, नाकको वरिपरि कालो देखिनु, ज्वरो, खोकी, सास फेर्न गाह्रो हुनु म्युकरमाइकोसिसको सङ्क्रमण भएका देखिने केही लक्षण हुन् ।

jackson ribon