birat ribon

रोकियो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन

Neuro
रोकियो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन

विराटनगर / कोरोनाको त्रासका कारण ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन रोकिएको छ ।

केही समयअगाडि शोका निर्देशक विशाल भण्डारीले स्वास्थ्य मापदण्ड अपनाएर छायाङ्कन गर्ने बताएका थिए । तर शोका एक प्रतिस्पर्धीलाई कोरोना सङ्क्रमण भएपछि नयाँ शृङ्खलाको प्रशारण बन्द गरिएको छ ।

cura insider

आइतबार सामाजिक सञ्जालमार्फत ‘कमेडी च्याम्पियन’ टिमले कोरोनाका कारण शोको छायाङ्कन स्थगित भएको जानकारी दिएका छन् । निर्देशक भण्डारीले कोरोना कहरको स्थिति सामान्य हुँदै गएपछि नयाँ उर्जासहित आउने बताए । थ्री प्रोडक्सनको प्रस्तुतिमा तयार भइरहेको यो शोमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायकको रुपमा छन् ।

यो शोको होस्ट नायिका तथा मोडल रीमा विश्वकर्मा र कमेडियन मेक्सम गौडेलले गर्दै छन् । शोको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, राज घिमिरे र रीमा विश्वकर्मा छन् ।

jackson ribon