birat ribon

कोभिडका तथा अन्य कारणले हुने पेटसम्बन्धी समस्या हटाउने तरिका

Neuro
कोभिडका तथा अन्य कारणले हुने पेटसम्बन्धी समस्या हटाउने तरिका

विराटनगर / सामान्य रुघाखोकी र ज्वरोबाहेक, कोभिडले शरीरलाई विभिन्न तरिकाले पार्न सक्छ ।

कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणमा फरक लक्षणहरू देखापरिरहेका छन् जसमध्ये पेटसम्बन्धी समस्या पनि एक हो । झाडापखाला, पेटमा दुखाइ वा वाकवाकीलगायतका लक्षण देखिएका धेरैजसो मानिसमा सङ्क्रमण पुष्टि भइरहेको छ । तर, झाडापखाला, पेटमा दुखाइ वा वाकवाकी कोभिडका कारण मात्र हुने समस्या होइनन् । पेटमा सङ्क्रमण वा अन्य समस्याका कारण पनि पेटसम्बन्धी समस्या देखापर्ने हुन्छ ।

cura insider

दूषित खाना तथा पानीको सेवनले पेटमा सङ्क्रमण वा अन्य समस्या हुने गर्छ । सामान्य ग्यास्ट्रिक, पेटमा सङ्क्रमण हुँदा पेट दुख्ने, पखाला लाग्ने, डिहाइड्रेसन हुने, बान्ता वा वाकवाकी लाग्ने वा पातलो दिसा आउने हुन सक्छ । साथै, हल्का ज्वरो, कमजोरी, चिसो वा टाउको दुखाइलगायतका फ्लुको जस्तो लक्षण पनि हुन सक्ने हुँदा यसलाई भाइरल फ्लू वा कोरोना भाइरस सङ्क्रमणबाट छुट्याउन गाह्रो हुन्छ ।

कोभिडका कारण हुने पेटसम्बन्धी समस्याका लक्षण लामो समयसम्म रहने हुन्छ (१४ देखि २१ दिन सम्म) । योसँगै भोक हराउने, स्वादमा परिवर्तन हुने, मेटाबोलिज्म कमजोर हुने तथा तौल पनि घटाउन सक्छ । अन्य कारणले भएको पेटको समस्यामा लक्षणहरू लामो समयसम्म रहँदैन र दुईदेखि तीन दिनमा कम हुँदै जान्छ ।

खोकी, चिसो, सास फेर्न समस्या हुने, छाती दुख्ने, गन्ध हराउने, अक्सिजनको स्तर कम हुने लगायतका लक्षण पेटसम्बन्धी समस्यामा नहुने हुँदा यस्ता लक्षण देखिएमा तुरुन्त परीक्षण गर्नु पर्छ । लक्षणहरू देखापर्ने तरिका पनि मनिटर गर्न जरुरी हुन्छ । कोभिडका कारण हुने पेटसम्बन्धी समस्या ज्वरो, खोकी, थकानसहितका अन्य कोभिडका लक्षणसँग देखापर्ने हुन्छ ।

jackson ribon