birat ribon

अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चार जना मारिए

Neuro
अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चार जना मारिए

विराटनगर / अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका हुन् ।

मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका छन् । बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ ।

cura insider

मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछि अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ । आगलागीका कारण छिमेकमा रहेका अन्य दुई घरमा पनि सामान्य क्षति भएको छ ।

jackson ribon