birat ribon

एक महिने शिशुले जिते कोरोना

Neuro
एक महिने शिशुले जिते कोरोना

विराटनगर / जन्मेको २० दिनमा सङ्क्रमित भएको शिशु निको भएर घर फर्किएका छन् । भारत चण्डीगढको गुरदीप सिंह र सन्दीप कौरका छोरा सुखदीप जन्मेको २० दिनमा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

उच्च ज्वरो देखिएपछि शिशुलाई अस्पताल भर्ना गर्नुपरेको थियो । सङ्क्रमित शिशुलाई सन्दीपले दूध खुवाउन वा सँगै टाँसेर राख्न सकिनन् । छोराको जिन्दगीका लागि प्रार्थना गर्नुबाहेक परिवारका सदस्यसँग अन्य कुनै उपाय थिएन ।

cura insider

गुरदीपका अनुसार छोरामात्रै सङ्क्रमित भएको कारण आमा र छोरा केही समयका लागि छुट्टिनुपरेको थियो । तर १० दिनमा सङ्क्रमण जितेर पञ्जाव इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिआईएमएम) जालन्धरबाट डिस्चार्ज भइ सुखदीप घर फर्किएका छन् ।

सुखदीपको उपचार गरेका बाल चिकित्सक डा. जितेन्द्र सिंहका अनुसार शिशुलाई अस्पताल भर्ना गरिएका बेला उच्च ज्वरो देखिएको र बच्चा पटक–पटक तर्सिने गरिरहेको थियो । शिशुको उपचार निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

आमा साथमा नभएकाले सुखदीपलाई चम्चाले दूध खुवाउने गरिएको थियो । आरटी पिसिआरसहित अन्य सबै स्वास्थ जाँच गरिएपछि सुखदीपलाई डिस्चार्ज गरिएको हो । आफ्ना छोरालाई काखमा उठाउन पाउँदा सन्दीप खुसी देखिएकी थिइन् ।

jackson ribon