birat ribon

नेपाली काङ्ग्रेसले भन्यो : ‘सबै अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर’

Neuro
नेपाली काङ्ग्रेसले भन्यो : ‘सबै अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर’

विराटनगर / प्रदेश १ का सबै निजी तथा सरकारी अस्पतालमा काेराेना सङ्क्रमितकाे उपचार हुने व्यवस्था मिलाउन नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलले माग गरेको छ । आइतबार विराटनगर पत्रकार सम्मेलन गर्दै काङ्ग्रेस संसदीय दलले यस्तो माग गरेको हो ।

सरकारी नीतिका कारण सङ्क्रमितले अस्पतालै नपुगी ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले भरपर्दाे उपचार व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

cura insider

संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सबै अस्पतालहरूमा सङ्क्रमितको उपचार मिलाउनुपर्ने माग गरे । सरकारले प्रदेशका छ ठूला अस्पतालहरूमा कोरोना सङ्क्रमितको उपचारको व्यवस्था मिलाएको छ । तर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा सरकारले १५० बेडको झुठो प्रचार गरी ३० बेड मात्र सञ्चालन गरेको संसदीय दलका प्रमुख सचेतक कार्कीले बताए ।

प्रदेश सरकारको व्यवस्थापनमा रहेको मेची अस्पताल र कोभिड–१९ उपचार केन्द्र पनि सङ्क्रमितहरूले भरिएको नेपाली काङ्ग्रेस संसदीय दलले जनाएको छ । दलका अनुसार हाल यी दुई अस्पतालहरूमा आइसियू एक सय ४०, एचडियू ८४, भेन्टिलेटर दस, पिआइसियू छ र एनआइसियू तीन र अक्सिजनसहितको तीन सय ९७ बेडको व्यवस्था छ । तर सरकारले भनेअनुसारको शैया, भेन्टिलेटर नभएको दलको दाबी छ ।

सरकारले समयमै आफ्नो दायित्व बोध नगर्दा प्रदेशमा कोरोना सङ्क्रमणले भयावह रूप लिएको दलका प्रमुख सचेतक कार्कीले बताए । कोरोना महामारीका बेला सरकार निष्क्रिय भएको भन्दै उनले सरकार खोपीमा बसेर कुर्सी जोगाउने कार्यमा व्यस्त देखिएको बताएका छन् ।

jackson ribon