birat ribon

ला लिगा : बार्सिलोना र एथ्लेटिकाे बराबरीमा राेकिए, रियललाई फाइदा

Neuro
ला लिगा : बार्सिलोना र एथ्लेटिकाे बराबरीमा राेकिए, रियललाई फाइदा

विराटनगर / स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको बार्सिलोना र एथ्लेटिको मड्रिडले अङ्क बाडेका छन् । शनिबार राति गोलरहित बराबरीमा रोकिएका दुई टोलीले अङ्क बाडेका हुन् । बार्सिलोना र एथ्लेटिकाले अङ्क बाड्दा रियल मड्रिडलाई फाइदा भएको छ ।

बराबरीसँगै दुवै टोलीको उपाधि दौडको यात्रा कठिन बनेको छ । बराबरीसँगै एथ्लेटिको ७७ अङ्कसहित शीर्ष स्थानमा छ । बार्सिलोना ७५ अङ्कसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल मड्रिडसँग ७४ अङ्क छ ।

cura insider

बराबरीमा रोकिदा बार्सिलोनाकाे उपाधि यात्रा कठिन बनेको छ । लिगमा तीन खेल बाकीँ रहेको अवस्थामा बार्सिलोनाले अबका खेल जितर मात्रै पुग्ने छैन । उपाधि जित्नका लागि अन्य टोलीको नतिजामा भर पर्नु पर्छ । बार्सिलोना भन्दा दुई अङ्कले अघि रहेको एथ्लेटिकोलाई पनि अबको यात्रा सहज भने छैन ।

लिगको साविक विजेता रियल मड्रिडले आफ्नाे ३५ औं खेल सेभिल्लासँग खेल्दैछ । सेभिल्लालाई रियलले पराजित गरेको अवस्थामा लिगको शीर्ष स्थानमा उक्लने छ ।

लिगको अन्तिम अवस्थामा उपाधिका लागि बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिडबीच तिब्र प्रतिस्पर्धा छ । तीन क्लबपछि सेभिल्ला पनि दौडमा छ ।

jackson ribon