birat ribon

होम आइसोलेसनमा बस्ने सङ्क्रमितका लक्षण

Neuro
होम आइसोलेसनमा बस्ने सङ्क्रमितका लक्षण

विराटनगर / कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा होम आइसोलेसनमा बस्ने सङ्क्रमितहरूको सङ्ख्या पनि बढिरहेको छ ।

लक्षणविहीन, सामान्य ज्वरो, हल्का रुघाखोकी र सामान्य लक्षण भएका सङ्क्रमितहरूलाई होम आइसोलेसनमा बस्नुपर्ने सुझाव दिइन्छ । तर, गम्भीर खालका लक्षण भएका वा अवस्था गम्भीर भएका सङ्क्रमित होम आइसोलेसनमा बस्दा समस्या जटिल हुने र बिरामीको समेत मृत्यु हुने सम्भावना रहन्छ । जसकारण घरमा बसेका सङ्क्रमितले आफूमा देखेको लक्षणलाई मनिटर गर्नुका साथै डाक्टरसँग सम्पर्कमा रहनुपर्ने हुन्छ ।

cura insider

अहिले धेरै जना सङ्क्रमितमा धेरै प्रकारको लक्षण हुँदाहुँदै पनि घरमै अर्थात् होम आइसोलेसनमा बसेका छन् । कोसी अस्पतालका फिजिसियन डा. रोशन खड्काका अनुसार होम आइसोलेसनमा बस्ने अधिकांश सङ्क्रमितमा ज्वरो आउने, जिउ दुख्ने, सुक्खा खोकी, वाकवाकी, वान्ता र झाडापखाला हुनेजस्ता लक्षण छन् । त्यस्तै, शरीर कमजोर भएको, खाना नरुच्ने जस्ता समस्या पनि सङ्क्रमितमा देखिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण निमोनिया हुने सम्भावना अधिक हुन्छ । निमोनिया पनि व्याक्टेरियल र भाइरल गरी विभिन्न किसिमले हुने हुन्छ । र, यसलाई छुट्याउनका लागी पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ । पिसिआर पोजिटिभ आइसकेको व्यक्तिलाई ज्वरो, खोकी जस्ता लक्षण देखिएमा तथा श्वासप्रश्वासमा समस्या भएमा निमोनिया भएको शङ्का गरिन्छ वा हुने सम्भावना धेरै हुन्छ ।

होम आइसोलेसनमा बस्ने सङ्क्रमितमा निमोनिया भएको छ वा छैन भनेर एक्स–रे वा अन्य जाँच नगरी फोनबाट थाहा हुँदैन । कोभिड निमोनियाको शङ्का गरिएका आधारमा बिरामीले नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराई अवस्थाअनुसार औषधि (एन्टिभाइरल/एन्टिबायोटिक) खानुपर्ने हुन्छ । त्यस्तै, होम आइसोलेसनमा बस्ने सङ्क्रमितले चिकित्सकको सल्लाहअनुसार औषधिको सेवन गर्नुपर्छ ।

सङ्क्रमितहरूमा देखिएको विभिन्न लक्षणअनुसार उनीहरूको औषधिउपचार हुने गर्छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितले पल्स अक्सिमिटरको प्रयोगले अक्सिजनको मात्रा जाँच गरिरहनुपर्छ । यसबाहेक उनीहरूलाई भिटमिन सी, क्याल्सियम, भिटामिन डी, जिङ्क जस्ता औषधिको सेवन गर्न सल्लाह दिने गरिन्छ । यिनीहरूलाई इम्युनिटी बुस्टर भनिन्छ । यसले शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई वृद्धि गराउन मद्दत गर्छ ।

तर, लगातार ज्वरो आइरहेको छ, खोकी लागिरहेको छ, औषधिको सेवन गर्दा पनि निको नभएमा, अत्यधिक आलस्यपन बढ्न थालेमा, खानपानमा समस्या हुन थालेमा (खाना नरुच्ने वा खान छोड्ने भएमा), औषधिको सेवन गर्दागर्दै पनि वान्ता वा झाडापखालाको समस्या नियन्त्रण नभएमा अस्पताल आएर चिकित्सकसँग भेट्नुपर्छ । साथै, औषधिको सेवन गर्दागर्दै पनि सङ्क्रमणको अवस्था गम्भीर भएमा, सास फेर्न समस्या वा गाह्रो हुने थालेमा, पल्स अक्सिमिटरबाट जाँच गर्दा अक्सिजनको मात्रा ९४ प्रतिशत वा सोभन्दा कम भए डाक्टरको सल्लाहअनुसार अस्पताल भर्ना हुनुपर्ने हुनसक्छ ।

कोसी अस्पतालका फिजिसियन डा. डेनप्रसाद आचार्यका अनुसार धेरैजसो रुघाखोकी, सामान्य जोरो आएका, ज्वरो निको भए पनि श्वासप्रश्वासमा समस्या भएका, झाडापखाला भएका तथा असाध्यै शरीर दुख्ने लक्षणसहितका सङ्क्रमित कोभिड अस्पतालमा भर्ना भइरहेका छन् । कसैमा छाती मात्र दुख्ने वा श्वासप्रश्वासको समस्या भएका सङ्क्रमितहरू पनि आइरहेका छन् ।

अस्पतालमा युवा तथा वृद्ध उमेर समूहका सङ्क्रमितहरू भर्ना भएका छन् । तर, पहिलेको तुलनामा युवा उमेर समूहमा मानिसमा सङ्क्रमण बढ्दो देखिन्छ । साथै, ३५ देखि ४५ वर्ष उमेर समूहका मानिससमेत आइसियुमा भर्ना भइरहेका छन् भने सङ्क्रमणका कारण उनीहरूको मृत्युसमेत भइरहेको छ ।

jackson ribon