birat ribon

अक्सिजनको स्तर ठीक हुँदा पनि सास फेर्न गाह्रो हुनसक्छ

डाक्टरसँग परामर्श लिन जरुरी

Neuro
अक्सिजनको स्तर ठीक हुँदा पनि सास फेर्न गाह्रो हुनसक्छडाक्टरसँग परामर्श लिन जरुरी

विराटनगर / कोभिडको बारेमा धेरै सोचेका कारण वा सङ्क्रमितहरूमा भएको तनाव वा डरका कारणले उनीहरूलाई एन्जाइटी हुने वा प्यानिक अट्याक आउने हुनसक्छ ।

घरमा भएका सङ्क्रमितले अक्सिमिटरबाट जाँच गर्दा अक्सिजनको स्तर ठीक आइरहँदा पनि सास फेर्न गाह्रो भएको अनुभव गर्न सक्छन् । जुन कोभिडका कारण मात्र नभई मानसिक असर परेर एन्जाइटीको कारणले पनि भएको हुनसक्छ । सास बढ्ने, छातीमा भार परेको वा भारी भएकोजस्तो हुने, छाती दुख्ने, मुटुको चाल बढ्ने तर खोकी नलाग्ने, अक्सिजको मात्रा नर्मल हुने हुँदा मानसिक रुपले तनाव भएको भन्ने बुझिन्छ जसलाई एन्जाइटी डिसअर्डर भनिन्छ ।

cura insider

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्लमोनोलोजिस्ट तथा क्रिटिकल केयर फिजिसियन डा. पुरु कोइरालाका अनुसार कोभिडले तनाव, एन्जाइटी, प्यानिक अट्याक पनि निम्त्याउन सक्ने हुँदा धेरैजसोमा यस प्रकारको समस्या पनि देखापरिरहेको हुनसक्छ । र, यसलाई सामान्य फोनमार्फत् डाक्टरसँग परामर्श लिएर नियन्त्रण तथा उपचार गर्न सकिन्छ ।

तर, सङ्क्रमितले अक्सिमिटरबाट जाँच गर्दा अक्सिजनको स्तर ठीक आइरहँदा पनि सास फेर्न गाह्रो भए वा अन्य कुनै समस्या भइरहेमा बिरामीमा जटिलता हुने सम्भावना धेरै हुने पाइएको छ । अक्सिजनको मात्रा कम भएको खण्डमा अक्सिजन दिएर वा औषधिको प्रयोग गरेर उपचार गर्नुपर्ने हुन्छ ।

तर, जाँच गर्दा अक्सिजनको स्तर ठीक आइरहे पनि सास फेर्न गाह्रो भए इम्पन्डिङ रेस्पिरेटरी फेल्यर हुने सम्भावना हुन्छ । यसमा अक्सिजनको मात्रा निरन्तर घट्दै जाने हो वा सुरुवाती चरण हो भनेर बुझिन्छ । र, यस अवस्थमा घरमा बसेरभन्दा पनि तुरुन्त अस्पताल गई डाक्टरलाई भेट्नुपर्ने हुन्छ ।

छाती दुखाइ र सास फेर्न गाह्रो हुनु एन्जाइटी र कोरोना भाइरसको सङ्क्रमण हुँदा दुवैमा देखिने लक्षण हुन् । जसकारण देखिएका लक्षण एन्जाइटी वा प्यानिटक अट्याकका कारण भएको वा कोभिडका कारणले भएको भनेर छुट्याउन जरुरी हुन्छ । कुनै पनि कारणले भएको छाती दुखाइ वा सास फेर्न गाह्रो हुने समस्यालाई बेवास्ता गर्नु हुँदैन । र, सकेसम्म तुरून्त चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।

jackson ribon