birat ribon

कोरोना भाइरसको दोस्रो लहर : यस्ता छन् सङ्क्रमितमा देखिएका नयाँ लक्षण

Neuro
कोरोना भाइरसको दोस्रो लहर : यस्ता छन् सङ्क्रमितमा देखिएका नयाँ लक्षण

विराटनगर / कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका कारण दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढ्दो छ । कोरो सङ्क्रमणको प्रमुख लक्षणहरू ज्वरो, सास फेर्न गाह्रो हुने, खोकी, टाउको दुखाइ, शरीर दुखाइ, घाँटी दुखाइ, स्वाद वा गन्ध हराउने, नाक बन्द हुने, थकान, र मांसपेशीको दुखाइलगायत हुन् ।

तर भाइरसमा भएको उत्परिवर्तनका कारण नयाँ र केही फरक प्रकारका लक्षणहरू सङ्क्रमितमा देखापर्ने क्रम जारी छ । कोरोना भाइरसको दोस्रो लहरमा सङ्क्रमित भएका अधिकांश व्यक्तिमा सास फेर्न गाह्रो हुने वा डिप्सनिया हुने पाइएको छ ।

cura insider

सङ्क्रमण बढ्दै जाँदा सास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा घट्ने, फोक्सोमा क्षति हुने तथा शरीरका विभिन्न अङ्गले समेत काम गर्न छोड्ने हुनसक्छ ।

कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणमा देखिएका लक्षणहरूः

–पेटसम्बन्धी समस्याका कारण खाना नरुच्ने, खान मन नलाग्ने, वाकवाकी, वान्ता, पातलो दिसा हुने वा झाडापखाला हुने
–कान बज्ने, सुन्ने क्षमतामा ह्रास आउने, यो समस्या सङ्क्रमण भएको पहिलो हप्तामा देखापर्छ जुन हल्का, मध्यम देखि गम्भीर हुनसक्छ ।
–अत्याधिक थकान, आलस्यपन र कमजोरी हुने
–आँखा पोल्ने, आँखा रातो हुने, आँखाबाट पानी बग्नु, चिलाउने, सुन्निने वा आखाँमा समस्या (कन्जङ्टिभाइटिस हुने)
–मुख सुक्खा हुने वा थुम कम उत्पादन हुने । जसले गिजा तथा दाँतमा समस्या निम्त्याउँन सक्छ ।
–जिब्रो सुक्खा हुने, रङमा परिवर्तन आउने, खान समस्या हुने, मुख वा जिब्रोमा फोका तथा घाउ आउने हुनसक्छ ।
–पेन किलरको सेवन गर्दा पनि निको नहुने लगातारको गम्भीर टाउको दुखाई कोभिडको नयाँ लक्षण हो ।
–छालामा र्‍यासेज आउनु पनि कोभिडको नयाँ लक्षण हो ।

थप रूपमा माथि उल्लेखित लक्षणबाहेक सास फेर्न गाह्रो भएमा, छाती भारी भएमा वा दुखाइ भएमा, छालाको रङ निलो वा फिक्का भएमा, बोल्न वा हिँडडुल गर्न समस्या भएमा वा केही भ्रम भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।

jackson ribon