birat ribon

६ देखि सात घण्टा सुत्ने व्यक्तिमा हर्ट अट्याक वा स्ट्रोकको कारणले मृत्यु हुने सम्भावना कम

Neuro
६ देखि सात घण्टा सुत्ने व्यक्तिमा हर्ट अट्याक वा स्ट्रोकको कारणले मृत्यु हुने सम्भावना कम

विराटनगर / आहार र व्यायामले जस्तै निन्द्राले पनि हृदयलाई असर गर्न सक्छ । प्रतिरात ६ देखि सात घण्टा सुत्ने व्यक्तिलाई उक्त समयभन्दा कम वा बढी सुत्ने व्यक्तिको तुलनामा हर्ट अट्याक वा स्ट्रोकको कारणले मृत्यु हुने सम्भावना कम हुन्छ ।

अमेरिकाका अन्वेषकहरूले मुटुको समस्याबाट मृत्यु भएका १४ हजारभन्दा बढी मानिसको निद्राको बानी र हृदय स्वास्थ्यसम्बन्धी तथ्याङ्कको अध्ययन गरेका थिए । अध्ययनको निष्कर्षले आहार, धुम्रपान वा व्यायामजस्तै निद्राले पनि कार्डियोवास्कुलर रोगको जोखिम बढाउन वा घटाउन महत्वपूर्ण भूमिका खेल्ने प्रमाणलाई जोड दिन्छ ।

cura insider

निद्रालाई कार्डियोवास्कुलर रोगसँग सम्बन्धित नभएको सोची बेवास्ता गरिन्छ । तर, यो सबैभन्दा कम लागत लाग्ने र धेरै प्रभावकारी हुने लेखक र डेट्रोइटको हेनरी फोर्ड अस्पतालको मेडिकल अनुसन्धानकर्ता कार्तिक गुप्ता बताउँछन् ।

उक्त तथ्याङ्कअनुसार प्रतिरात ६ देखि सात घण्टा सुत्नाले मुटुको स्वास्थ्यलाई बढाउँछ । तर, ६ घण्टाभन्दा कम र सात घण्टाभन्दा बढी सुत्ने मानिसमा मुटु रोगको जोखिममा कारण मृत्यु हुने सम्भावना अधिक हुन्छ ।

निन्द्राले हृदयलाई एकै पटकमा असर गर्नुभन्दा पनि समय अन्तरालमा विस्तारै ड्यामेज गराउँदै लाने हुन्छ । यस विषयमा थप अध्ययन गर्न आवश्यक रहेको गुप्ता बताउँछन् । निद्राको समयमा मात्र नभइ मानिसले राम्रो गुणस्तरको निद्रा पाइरहेका छन् वा छैनन् भनेर पनि जान्न जरुरी हुन्छ । किनभने ओछ्यानमा सात घण्डा बिताएका मानिसले पर्याप्त र राम्रो गुणस्तरको निद्रा पाइरहेका छन् भन्ने पनि हुँदैन । निद्रामा झस्किने समस्या भएका मानिसमा पनि हृदय रोग लाग्ने जोखिम धेरै हुन्छ ।

jackson ribon