birat ribon

दैनिक एक कचौरा हरियो साग वा तरकारी खानाले हृदय रोगको जोखिम कम हुने

Neuro
दैनिक एक कचौरा हरियो साग वा तरकारी खानाले हृदय रोगको जोखिम कम हुने

विराटनगर / दैनिक एक कचौरा काँचो हरियो पातदार साग वा तरकारी खानाले हृदय रोगको जोखिम कम हुने अध्ययनले देखाएको छ । पचास हजारभन्दा बढी व्यक्तिमा गरिएको अध्ययनमा नाइट्रेटयुक्त तरकारीहरूको सेवन गर्ने मानिसमा रक्तचाप नियन्त्रणमा रहेको र २६ प्रतिशतसम्म हृदय रोगको जोखिम कम रहेको विज्ञहरूले पत्ता लगाएका हुन् ।

हरियो पातदार तरकारीमा पाइने डाइटेरी नाइट्रेटलाई मुख तथा पेटमा भएका व्याक्टेरियाले नाइट्रस अक्साइडमा परिणत गर्ने गर्छ । शरीरले प्राकृतिक रूपमा उत्पादन गरेको नाइट्रस अक्साइड ग्यास रगतसँग मिसिन जाँदा यसले रक्तनलीलाई फराकिलो बनाई रक्तचापलाई कम गर्ने वा नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ ।

cura insider

उच्च रक्तचाप हृदयघातलगायत अन्य हृदय रोगको जोखिम बढाउने सबैभन्दा मुख्य कारक हो । दैनिक एक कचौरा काँचो (पाकेको भए आधा कचौरा) नाइट्रेटयुक्त हरियो पातदार साग वा तरकारी खानाले हृदय रोगको जोखिमलाई कम गरी स्वास्थ्य राख्न सक्ने अस्ट्रेलियाको इडिथ कोवान युनिभर्सिटिका तथा अध्ययनका लेखक डा. केथरिन बोन्डोन्नो बताउँछन् ।

डा. केथरिनका अनुसार नाइट्रेटयुक्त हरियो पातदार साग वा तरकारी खानाले मुटुलाई स्वस्थ राख्न पुग्ने हुँदा मानिसहरूले नाइट्रेटको सप्लिमेन्ट खान आवश्यक हुँदैन । साथै, एक कपभन्दा बढी नाइट्रेटयुक्त तरकारीको सेवनले बढी फाइदा पुर्‍याएको भने अध्ययनले देखाएन ।

jackson ribon