birat ribon

हाजार्डले मागे माफी

Neuro
हाजार्डले मागे माफी

विराटनगर / बेल्जियन मिडफिल्डर इडेन हाजार्डले रियल मड्रिडका समर्थकसँग माफी मागेका छन् । रियल चेल्सीसँग पराजित हुँदै युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिँदा मैदानमै हाँसेको भन्दै आलोचना भएपछि हाजार्डले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन् ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा २–० गोलले र समग्रमा ३–१ ले पराजित हुँदै रियल बाहिरिएको थियो । त्यसअघि पहिलो लेगको खेलमा चेल्सीले रियललाई उसैको मैदानमा १–१ गोलको बराबरीमा रोकेको थियो ।

cura insider

दोस्रो लेगमा भने चेल्सीले आफ्नै मैदान स्टाम्फोर्ड ब्रिजमा जित दर्ता गरायो । घरेलु टिमको जितमा टिमो वेर्नर र मिसन माउन्टले १–१ गोल गरे । हाजार्ड सन् २०१९ पछि पहिलो पटक पूर्वक्लब चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिज पुगेका थिए ।

उनी १०० मिलियन युरोमा इङ्ग्ल्यान्डबाट रियलमा अनुबन्ध भएका थिए । रियलबाट उनले सबै प्रतियोगितामा जम्मा सात सय ५५ मिनेट खेल्न पाएका छन् । प्रायः चोटका कारण मैदानबाहिर रहेका उनले सेमिफाइनलको दोस्रो लेग खेल खेलेका थिए ।

तर खेलको नतिजापछि पनि उनको मुहारमा मुस्कान देखिएको थियो । उनलाई पूर्वसहकर्मी कर्ट जौमासँग मुस्कुराइरहेको देख्न सकिन्थ्यो । मैदानको देब्रेतिरको कुनामा उनी चेल्सीका कप्ता केसान अज्पिलिकुएटा र जौमासँग जिस्किरहेको अवस्थामा थिए ।

हाजार्डलाई उक्त अवस्थामा देखिएपछि सामाजिक सञ्जालमा रियलका समर्थकहरूले आलोचना गरिरहेका छन् । टोली बाहिरिँदा हाजार्ड खुसी भएको भन्दै उनको आलोचना भइरहेको छ ।

यस्तैमा हाजार्डले माफी मागेका हुन् । ‘म क्षमा चाहन्छु, मैले मेराबारेमा धेरै विचारहरू पढेँ’, उनले इन्स्टाग्राम स्टोरीमा भनेका छन्, ‘मेरो मनसाय रियल मड्रिडका फ्यानहरूलाई दुःखी तुल्याउने थिएन । रियबाट खेल्ने सधैँको मेरो सपना थियो यसैले म यहाँबाट जित्न आएको हुँ । यो सिजन अझै सकिएको छैन । हामी साथसाथै रहेर ला लिगाका लागि लड्नुपर्छ ।’

jackson ribon