birat ribon

चेल्सीसँग पराजित हुँदै रियल मड्रिड बाहिरिँदा हाजार्ड खुसी भएपछि…

Neuro
चेल्सीसँग पराजित हुँदै रियल मड्रिड बाहिरिँदा हाजार्ड खुसी भएपछि…

विराटनगर / रियल मड्रिड गएराति चेल्सीसँग पराजित हुँदै युरोपियन च्याम्पियन्स लिगबाट बाहिरियो । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा २–० गोलले र समग्रमा ३–१ ले पराजित हुँदै रियल बाहिरिएको हो ।

त्यसअघि पहिलो लेगको खेलमा चेल्सीले रियललाई उसैको मैदानमा १–१ गोलको बराबरीमा रोकेको थियो । दोस्रो लेगमा भने चेल्सीले आफ्नै मैदान स्टाम्फोर्ड ब्रिजमा जित दर्ता गरायो । घरेलु टिमको जितमा टिमो वेर्नर र मिसन माउन्टले १–१ गोल गरे ।

cura insider

चेल्सीसँग पराजित हुँदै रियल च्याम्पियन्स लिगबाट बाहिरिँदा बेल्जियन स्टार इडेन हाजार्डको मुहारमा मुस्कान देखिएको थियो । त्यसपछि रियल बाहिरिँदा खुसी भएको भन्दै हाजार्डको आलोचना भइरहेको छ ।

हाजार्ड सन् २०१९ पछि पहिलो पटक पूर्वक्लब चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिज पुगेका थिए । उनी १०० मिलियन युरोमा इङ्ग्ल्यान्डबाट रियलमा अनुबन्ध भएका थिए । रियलबाट उनले सबै प्रतियोगितामा जम्मा सात सय ५५ मिनेट खेल्न पाएका छन् । प्रायः चोटका कारण मैदानबाहिर रहेका उनले सेमिफाइनलको दोस्रो लेग खेल खेलेका थिए ।

तर खेलको नतिजापछि पनि उनको मुहारमा मुस्कान देखिएको थियो । उनलाई पूर्वसहकर्मी कर्ट जौमासँग मुस्कुराइरहेको देख्न सकिन्थ्यो । मैदानको देब्रेतिरको कुनामा उनी चेल्सीका कप्ता केसान अज्पिलिकुएटा र जौमासँग जिस्किरहेको अवस्थामा थिए ।

हाजार्डलाई उक्त अवस्थामा देखिएपछि सामाजिक सञ्जालमा रियलका समर्थकहरूले टीका–टिप्पणी गरिरहेका छन् । टोली बाहिरिँदा हाजार्ड खुसी भएको भन्दै उनको आलोचना गरिरहेका छन् ।

jackson ribon