birat ribon

मानिसको घाँटीमा भेटियो नयाँ अङ्ग

Neuro
मानिसको घाँटीमा भेटियो नयाँ अङ्ग

विराटनगर / मानिसको घाँटीमा लुकिरहेको एउटा नयाँ अङ्ग पत्ता लागेको छ । नेदरल्यान्ड्समा वैज्ञानिकहरूले ट्युमर पत्ता लगाउने क्यान्सरको स्क्यानको क्रममा घाँटीको माथिल्लो भाग र नाकको क्याभिटीभित्र यसअघि पत्ता नलागेका ग्लान्ड भेटेका हुन् ।

उनीहरूले उक्त भेटिएको नयाँ अङ्गलाई ट्युबेरियल सालिभरी ग्लान्ड्स नाम दिएका छन् । अनुसन्धाताहरूले प्रोस्टेट क्यान्सरको उपचार गरिरहेका एक सय मानिसमा स्क्यान गर्दा सबैमा यी ग्लान्डहरू भएको पाएका थिए ।

cura insider

नाकपछाडिको क्षेत्र नेसोफ्यारिंक्समा दुई अनपेक्षित क्षेत्रहरू देखा परेका थिए । यी ग्लान्डहरूलाई मेडिकल इमेजिङको परम्परागत विधिहरू जस्तै अल्ट्रासाउन्ड, सिटी स्क्यान वा एमआरआईबाट हेर्न सकिँदैन ।

एम्स्टर्ड्याममा रहेको नेदरल्यान्ड्स क्यान्सर इन्स्टिच्युटका वैज्ञानिकहरूले पीएसएमए पिइटी–सिटी स्क्यानको परीक्षण गर्ने क्रममा उक्त अङ्ग पत्ता लगाएका हुन् ।

उक्त स्क्यानले कम्प्युटेड टोमोग्राफी र पोजिट्रोन एमिसन टोमोग्राफी स्क्यानको सम्मिश्रण गरेर प्रोस्टेट क्यान्सर पत्ता लगाउँछ । अध्ययनका अनुसार ट्युबेरियल सालिभरी ग्लान्ड्स पूर्णतया नयाँ अङ्ग हुन् वा सालिभरी ग्लान्ड्स अङ्ग प्रणालीको अङ्श मान्न सकिने बहसको विषय बनेको छ ।

रेडियोथेरापी यान्ड अन्कोलोजी पत्रिकामा प्रकाशित अध्ययन थोरै र सबै पुरुषमा गरिएको थियो । यस अध्ययनका लागी थप महिला र स्वस्थ बिरामीहरूको परीक्षणले गर्नुपर्ने बताइएको छ ।

सिएनएनबाट

jackson ribon