birat ribon

माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

Neuro
माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । मंगलबार फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्रले बुधबार बिहान संसद् सचिवालयमा पत्र बुझाउँदै समर्थन फिर्ता लिएका हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताकाे पत्र बुझाएका थिए ।

cura insider

समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रधानमन्धी केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भन्दै वैशाख २७ गते बस्ने विशेष अधिवेशनमा आह्वान गरेका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: