birat ribon

चुनावमा पराजित भएपनि तेस्राे पटक बङ्गालकाे मुख्यमन्त्री बनिन् ममता

Neuro
चुनावमा पराजित भएपनि तेस्राे पटक बङ्गालकाे  मुख्यमन्त्री बनिन् ममता

विराटनगर / ममता बेनर्जीले भारतको राज्य पश्चिम बङ्गालको मुख्यमन्त्रीको सपथग्रहण गरेकी छन् । विधान सभा चुनावमा तृणमूल काङ्ग्रेसलाई दुई तिहाई बहुमत दिलाएकी बेनर्जीले तेस्रो कार्यकालका लागि सपथग्रहण गरेकी हुन् ।

गत मार्च र अप्रिलमा भएको विधान सभा चुनावमा पार्टीलाई दुई तिहाई मत दिलाएपनि उनी आफू भने पराजित भएकी थिइन् । पराजित भएपनि उनले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ ग्रहण गरेकी हुन् ।

cura insider

नन्दीग्राम चुनाव क्षेत्रमा उनी तृणमूल काङ्ग्रेस छोडेर गएका पूर्वमन्त्री शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन् । पराजित भएपनि
भारतीय संविधानको धारा १६४ (४) को व्यवस्था अनुसार मुख्यमन्त्री बनेकी हुन् । सो धारामा सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ ।

छ महिनाभित्र कुनै क्षेत्रमा बेनर्जीले उपनिर्वाचन गराउने चर्चा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: