birat ribon

कारोनाका कारण दुई बिग बजेट फिल्मको प्रदर्शन मिति स्थगित

Neuro
कारोनाका कारण दुई बिग बजेट फिल्मको प्रदर्शन मिति स्थगित

विराटनगर / कोरोना कहरका कारण यो वर्ष पनि बलिउडका थुप्रै बिग बजेट फिल्महरूले आफ्नो प्रदर्शन मिति स्थगित गर्नुपर्ने भएको छ । केही समय स्थिति सामान्यजस्तो देखिए पनि भारतमा कोरोनको दोस्रो लहरले भयवह रूप लिएको छ ।

यही कारण यो वर्ष रिलिजको तयारीमा रहेको भारतका दुई बहुप्रतीक्षित फिल्महरूले आफ्नो प्रदर्शन मिति स्थगित गरेका छन् । एक हो जोन अब्रहाम अभिनित बलिउड फिल्म ‘सत्यमेव जयते २’ । यो फिल्म यही वर्षको इदमा रिलिज हुन लागेको थियो । सलमान खान अभिनित फिल्म ‘राधे’ सँग भिड्न तयार रहेको ‘सत्यमेव जयते २’ ले कोरोना कहरका कारण आफ्नो कदम पछाडि सारेको छ ।

cura insider

यस्तै रिलिज मिति स्थगित गर्ने दोस्रो सुचीमा पर्छ बिग बजेट मल्यालम फिल्म मराक्कर : लायन अफ दि अरबियन सी’ । फिल्ममा मल्यालम इन्डस्ट्रीका सुपर स्टार मोहनलालसँगै अर्जुन सार्जा, सुनिल सेट्टीलगायत मुख्य भूमिकामा छन् ।

फिल्मको प्रदर्शन मिति दोस्रो पटक स्थगित गरिएको हो । सय करोडको बजेटमा निर्माण भएको यो फिल्मलाई ओटिटीमा रिलिज गर्न सम्भव नभएका कारण निर्माण टिम सिनेमा हल खुल्नेको प्रतिक्षामा छन् । फिल्मलाई प्रियादर्शनले निर्देशन गरेका हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: