birat ribon

सरकारबाट माओवादीकाे समर्थन फिर्ता, ओली सरकार अल्पमतमा

Neuro
सरकारबाट माओवादीकाे समर्थन फिर्ता, ओली सरकार अल्पमतमा

काठमाडौंँ/ नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएकाे छ ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ ।

cura insider

मङ्गलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले सरकरलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको थियो ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले १२ बजे सचिवालयमा गएर समर्थन फिर्ताको पत्र दर्ता गर्न लागेको जानकारी दिए ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

तर, प्रधानमन्त्री ओलीले अल्पमतमा पर्नुअघि नै विश्वासको मत लिने घोषणा गरेका छन् । त्यसका लागि २७ गते प्रतिनिधिसभाकाे विशेष अधिवेशन बाेलाइएकाे छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: